कीवर्डहरू -

गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट, सजग रहन आग्रह

गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट, सजग रहन आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नाम र तस्वीर दुरुपयोग गरी फेक ह्वाट्सएप अकाउन्ट बनाएको पाइएको छ । 

अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएपछि सजग रहन राष्ट्र बैंकले अनुरोध गरेको छ । 

बैंकको सूचनामा भनिएको छ ,‘यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।’