चाडपर्वका हरेक क्षणलाई क्यामेरामा कैद गर्ने चाहना सबैको हुन्छ । दीपावलीमा फोटो खिच्ने धेरै अवसरहरू हुन्छन् । रंगी–बिरंगी दियोहरू, सुन्दर रूपमा सजाइएका घरहरू र पर्वका विशेष आयोारू हरेक पललाई खास बनाउँछन् । तर, केही गल्तीहरू छन् जुन धेरैले फोटो खिच्दा गर्छन्, जसले गर्दा राम्रो तस्बिर नआउने सम्भावना हुन्छ । यहाँ हामी केही यस्ता टिप्स बताउँदैछौं, जुन तपाईंले दीपावलीमा फोटो खिच्दा ध्यानमा राख्नुपर्नेछ ।
क्यामेरा लेंस सफा राख्नुहोस्
फोटोग्राफी सुरु गर्नु अघि क्यामेरा लेंस सफा गर्नु अत्यन्त आवश्यक छ । लेंसमा दाग–धब्बा वा औँलाका छापहरू हुन सक्छन्, जसले फोटोलाई बिगार्न सक्छ । लेंस सफा गर्नका लागि सफा कपडाको प्रयोग गर्नुहोस् ।
प्रकाशको महत्त्वपूर्ण भूमिका
प्रकाशलाई राम्रोसँग कैद गर्न लाइटको महत्त्वपूर्ण भूमिका हुन्छ । फोटोग्राफी गर्दा प्राकृतिक प्रकाशलाई जति सक्दो धेरै प्रयोग गर्न आवश्यक छ । फोटो खिच्ने सबैभन्दा उपयुक्त समय साँझको हो । धेरै घाममा फोटो खिच्दा वस्तुहरूको छायाँ बन्न सक्छ, जसले फोटोलाई बिगार्न सक्छ ।
सही फ्रेमको आवश्यकता
दियोको तस्बिर लिनु खासै कठिन काम होइन, तर चुनौती चाहिँ परफेक्ट फ्रेम बनाउनमा आउँछ । यदि तपाईंले सही फ्रेम बनाउनुभएन भने जतिनै राम्रो क्यामेरा भए पनि फोटो राम्रो आउने छैन् । त्यसैले राम्रो फोटो खिच्नका लागि थर्ड्सको नियम र लिडिङ लाइन्सको फाइदा लिनुहोस् ।
विभिन्न मोड र सेटिङ प्रयोग गर्नुहोस्
आधुनिक स्मार्टफोन क्यामेरामा धेरै उत्कृष्ट फिचरहरू हुन्छन् । त्यसैले फोटो खिच्दा विभिन्न मोड र सेटिङ ट्राई गर्नुपर्छ । तपाईंले पोट्रेट मोड, नाइट मोड, प्रो मोड र इफेक्टहरूको प्रयोग गर्न सक्नुहुन्छ
एडिटिङ
अन्त्यमा एडिटिङ यस्तो प्रक्रिया हो जसले तपाईंको खराब फोटोमा पनि जीवन दिन सक्छ । त्यसैले फोटो खिचिसकेपछि राम्रोसँग एडिट गर्नु अत्यन्तै आवश्यक छ। रङ, कन्ट्रास्ट र शार्पनेस एड्जस्ट गर्नका लागि एपहरूको प्रयोग गर्नुहोस् ।
धेरै तस्बिरहरू खिच्नुहोस्
पहिलो प्रयासमा राम्रो फोटो नआए पनि निराश नहुनुहोस् र फेरि प्रयास गर्नुहोस् । नयाँ–नयाँ एंगल र विशेष स्टाइलसँग फोटोग्राफी गर्दा निश्चित रूपमा दुई–चारवटा उत्कृष्ट फोटो आउने सम्भावना रहन्छ ।