कीवर्डहरू -

एनसीआईटी कलेजमा आज विद्यार्थीले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुँदै

एनसीआईटी कलेजमा आज विद्यार्थीले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार असार २९ गते विद्यार्थीहरूले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुने भएका छन् । 

बिहान ११ बजेदेखि कम्प्युटर ईन्जिनियर, सफ्टवेयर ईन्जिनियर, आईटी ईन्जिनियर, सिभिल ईन्जिनियरिङ र बीसीए अन्तिम वर्षमा पढ्ने विद्यार्थीले तयार पारेका इन्नोभेटिभ परियोजना प्रदर्शनी हुँदै छन् । 

परियोजना प्रदर्शनीले विद्यार्थीलाई आईटी उद्योगमा काम गर्न प्रोत्साहन मिल्ने र सकारात्मक वातावरण सिर्जना गर्ने कलेजले जनाएको छ ।