कीवर्डहरू -

अर्थमन्त्री भन्छन् - १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न सम्भव छ

अर्थमन्त्री भन्छन् - १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न सम्भव छ

अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न सम्भव भएको बताएका छन् । 

बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने दावी तथ्यांकमा आधारित रहेको बताएका हुन् । 

आईटी क्षेत्रमा हामी राम्रो प्रतिस्पर्धी बन्न सक्छौं । १० वर्षमा ३० खर्ब निर्यात गर्न सक्छौं,’ पुनले भने, ‘यो दावी तथ्यांकमा गरिएको दाबी हो । १० वर्षमा ३० खर्ब आईटी उत्पादन निर्यात सम्भव छ ।’

आगामी वर्ष इन्टरनेट, विद्युत लगायतको ग्यारेन्टी गरी सरकारी पूर्वाधारमा ज्ञान पार्क र आईटी पार्क सञ्चालन गर्ने बताए । 

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा उपलब्ध भएको ठाउँलाई समेत उपयोग गरेर आईटी हब बनाउने उनको भनाइ छ ।