कीवर्डहरू -

मोडेल नम्बरबाट थाहा पाउनुहोस् आफ्नो आइफोनको इतिहास र देश

मोडेल नम्बरबाट थाहा पाउनुहोस् आफ्नो आइफोनको इतिहास र देश

के तपाईं अहिले आइफोन प्रयोग गर्दै हुनुहुन्छ? वा नयाँ आइफोन किन्न सोच्दै हुनुहुन्छ भने यो जानकारी तपाईंलाई धेरै काम लाग्न सक्छ ।

तपाईंले मोडेल नम्बर हेरेर थाहा पाउन सक्नुहुन्छ कि तपाईंको आइफोन नयाँ ओरिजिनल रिटेल युनिट हो वा रिफर्बिश्ड युनिट , रिप्लेस गरिएको युनिट वा पर्सनलाइज्ड युनिट  हो।

साथै, मोडेल नम्बरबाट फोन कुन देशको हो भनेर पनि थाहा हुन्छ। लगभग ९० प्रतिशत मानिसलाई अझै थाहा छैन कि मोडेल नम्बरले यति धेरै जानकारी कसरी दिन्छ, अब विस्तारमा हेरौं।

मोडेल नम्बरबाट आइफोनको हिस्ट्री कसरी थाहा पाउने ?

आफ्नो आइफोनको सेटिङ्समा जानुहोस्। त्यहाँ “अबाउट” सेक्सनमा गएर मोडेल नम्बर  हेर्नुहोस्। मोडेल नम्बरको पहिलो अक्षर हेर्दै थाहा पाउनुहोस् कि तपाईंको आइफोन कुन युनिट हो:

  • M : नयाँ र ओरिजिनल रिटेल युनिट

  • F : रिफर्बिश्ड युनिट

  • N : रिप्लेस गरिएको युनिट

  • P : पर्सनलाइज्ड युनिट

उदाहरणका लागि, यदि तपाईंको मोडेल नम्बरको पहिलो अक्षर M छ भने त्यो नयाँ आइफोन हो; F भने रिफर्बिश्ड; N भने रिप्लेस गरिएको; र P भने पर्सनलाइज्ड अर्डर हो।

कुन देशको आइफोन हो, कसरी थाहा पाउने?

मोडेल नम्बरको अन्तिम भाग हेर्नुहोस्—त्यसले देशको कोड जनाउँछ:

  • भारत : HN/A

  • जापान : J/A

  • सिंगापुर : ZA/A

  • चीन: CH/A

  • साउथ कोरिया : KH/A

  • यूएसए (USA): LL/A

  • बेलायत: B/A

  • यूएई : AE/A

यसरी मोडेल नम्बर हेरेर तपाईंले आफ्नो आइफोनको इतिहास र उत्पत्ति दुवै थाहा पाउन सक्नुहुन्छ।