भिडियो सम्पादनमा विशेषज्ञ बन्नका लागि सधैं एडोब प्रीमियर प्रो सबैको रुचीको सफ्टवेयर रहेको छ । यस व्यावसायिक भिडियो सम्पादन सफ्टवेयरमा उत्कृष्ट प्राविधिक विशेषताहरूसहित प्रयोगकर्ताहरूको सिर्जनशीलतालाई नयाँ स्तरमा लैजान मद्दत गर्दछ ।
एडोब प्रीमियर प्रो प्रयोगकर्ताहरूलाई विभिन्न प्रकारका टेम्प्लेटहरूको विकल्प पनि दिन्छ, जसले सम्पादन कार्यलाई अझ सहज बनाउँछ । निःशुल्क एडोब प्रीमियर टेम्प्लेटहरू प्राप्त गर्नका लागि केहि वेबसाइटहरूको सूची छ ।
यी वेबसाइटहरूको कामकाजी जानकारी र तिनीहरूले के–के सुविधाहरू प्रदान गर्दछन् भन्ने जान्नु महत्त्वपूर्ण छ । आज हामी तपाईंलाईं कसरी निःशुल्क एडोब प्रीमियर प्रो टेम्प्लेटहरू डाउनलोड गर्न सक्नुहुन्छ भन्ने बारे बताउँदै छौं ।
इन्भ्याटो एलिमेन्ट्स वेबसाइटमा एडोब प्रीमियर टेम्प्लेटहरू उपलब्ध छन् । यस वेबसाइटमा लाखौं सिर्जनात्मक स्रोत (क्रियटिभ प्रपर्टिज) छन् र यसले तपाईंलाई एडोब प्रीमियर प्रो टेम्प्लेट, स्टक भिडियो, ग्राफिक टेम्प्लेट, फोटो, र वेबसाइट टेम्प्लेटहरू उपलब्ध गराउँछ ।
त्यसका साथै, यदि तपाईं प्रिन्ट र वेब डिजाइनमा रुचि राख्नुहुन्छ भने इन्भ्याटो एलिमेन्ट्समा धेरै स्रोतहरू पाउन सक्नुहुन्छ । सर्च बारले तपाईंलाई क्याटेगोरिज वा एप्लिकेसन बीच चयन गर्न सुविधा दिन्छ र सर्च फिल्टरले डिजाइनर र कलाकारहरूको लागि विशेष गरी सजिलो बनाएको छ ।
फाइदाहरू
स्टोरीब्लक्स एउटा साइट हो जसबाट निःशुल्क एडोब प्रीमियर प्रो टेम्प्लेटहरू डाउनलोड गर्न सकिन्छ । यस वेबसाइटमा तपाईंलाई प्रीमियर प्रोको लागि विभिन्न सुविधाहरू भेट्टाउन सकिन्छ जस्तै ग्रिन स्क्रिन फुटेज, संगीत र साउण्ड एफेक्ट, एनिमेटेड ब्याकग्राउण्ड, रोयल्टी स्टक फुटेज र टेम्प्लेटहरू रहेका छन् ।
यसमा एउटा मेकर पनि छ जसले प्रयोगकर्ताहरूलाई केही सेकेन्डमा कन्टेन्ट व्यावसायिक बनाउने क्षमता प्रदान गर्दछ । स्टोरीब्लक्सको फिल्टरिङ्ग विकल्पको प्रयोग गरेर हामी स्टाईल वा सफ्टवेयर टेम्प्लेटहरू र एफेक्टलाई सुनिश्चित गर्न सक्छौं, ताकि हामीलाई बढी समय खर्च गर्नुुनपरोस् ।
फाइदाहरूः
मोसन एलिमेन्ट्स अर्को प्रमुख साइट हो जहाँबाट एडोब प्रीमियर प्रो प्रयोगकर्ताहरूले निःशुल्क टेम्प्लेटहरू डाउनलोड गर्न सक्छन् । यसमा फिल्म एफेक्ट, ओभरले र ट्रान्जिसनहरू समावेश छन् ।
मोसन एलिमेन्ट्स एउटा रोयल्टी–मुक्त प्लेटफर्म हो जसले तपाईंलाई आफ्नो ब्रान्ड निर्माण गर्न प्रयोगकर्ताहरूलाई विभिन्न उद्योग क्षेत्रमा ३ मिलियन भन्दा बढी प्रपर्टिज प्रदान गर्दछ । यहाँ तपाईं स्टक भिडियो र अडियो फाइलहरूसहित प्रीमियर प्रो टेम्प्लेटहरू निःशुल्क डाउनलोड गर्न सक्नुहुन्छ ।
मोसन एलिमेन्ट्सले तस्बिर, संगीत, टेम्प्लेट, एफेक्ट देखि ट्रान्जिसन, लोगो, र एनिमेशनसम्म सबै आवश्यक सामग्रीलाई कभर गरेको छ । यसमा तपाईंलाई सफ्टवेयर, क्याटगरीज र स्टाईल जस्ता धेरै विकल्पहरू रहेका छन् ।
फाइदाहरूः
मोसन एरे अर्को उत्कृष्ट साइट हो जहाँबाट तपाईं निःशुल्क एडोब प्रीमियर प्रो टेम्प्लेटहरू डाउनलोड गर्न सक्नुहुन्छ । यसमा तपाईंले विभिन्न स्टाईल र थीमका टेम्प्लेटहरू भेट्टाउन सक्नुहुुन्छ, जसले तपाईंको प्रोजेक्ट बनाउनमा मद्दत गर्न सक्छ । मोसन एरेमा सही रूपमा प्रयोग गर्नमा सघाउने प्रयोगकर्ता–विशिष्ट ब्लग पोस्टहरू पनि छन् ।
यो एउटा अल–इन–वान भिडियो र फिल्म निर्माता प्लेटफर्म हो, जसलाई तपाईं आफ्नो परियोजनाहरू बनाउनका लागि पूर्ण रूपमा भरोसा गर्न सक्नुहुन्छ । वेबसाइटले तपाईंको परियोजनाको आवश्यकतालाई बुझ्छ र पूरा गर्न मद्दत गर्छ । एडोब प्रीमियर प्रो टेम्प्लेटहरूलाई तपाईं मोसन एरेमार्फत अन्य एफेक्टसहित डाउनलोड गर्न सक्नुहुन्छ ।
तपाईंको लागि एडोब प्रीमियर प्रो, फाइनल कट , डा भिन्ची र आफ्टर इफेक्ट्स टेम्प्लेटहरू उपलब्ध हुन सक्छ । मोसन एरेको केही विशेषताहरूमा स्टक मोशन ग्राफिक्स, साउण्ड एफेक्ट, भिडियो, र तस्बिरहरू समावेश छन् । अनगिनत डाउनलोडले तपाईंको बजेट बचाउन मद्दत गर्न सक्छ ।
फाइदाहरूः
एडोब स्टकमा तपाईं विभिन्न स्टाईल र स्टोरीका टेम्प्लेट खोज्न सक्नुहुन्छ र तिनीहरूलाई आफ्नो परियोजनामा सेभ गर्न सक्नुहुन्छ । हो, केही टेम्प्लेटको शुल्क लाग्न सक्छ, तर एडोब स्टकमा निःशुल्क पनि टेम्प्लेट उपलब्ध छन् ।
जब हामी एडोब प्रीमियरको टेम्प्लेटहरूको विषयमा कुरा गर्दैछौं, हामीले ब्मयदभ क्तयअप)ज्ञ)डज्ञछ)ज्ञ लाई बिर्सनै सक्दनौं, जुन एडोब क्रिएटिव सुइट एपका लागि एक कलेक्सन हो । यसको साथै, स्टक फोटो, अडियो, र भिडियोको एक ठूलो कलेक्सनलाई हात पार्न सक्नुहुन्छ ।
सच फिल्टरमा खोजलाई सजिलो बनाउनका लागि विविध विकल्पहरू छन्, जस्तै मेजर्स, क्याटेगरीज, ट्रान्जिसन आदि । यदि तपाईं सर्च बारमा “फ्री” टाइप गर्नुभयो भने तपाईंलाई निःशुल्क एडोब प्रीमियर प्रो भिडियो टेम्प्लेटहरू भेट्टाउन सक्नुहुन्छ ।
फाइदाहरूः