मोबाइल फोन सुरक्षित र प्रभावकारी रूपमा चार्ज गर्नु हाम्रो दिनचर्याको अभिन्न हिस्सा बनिसकेको छ।
तर केही सामान्य गल्तीहरूका कारण फोनको ब्याट्रीको आयु छोटिने मात्र होइन, कहिलेकाहीं गम्भीर दुर्घटनासमेत हुन सक्छ।
तलका पाँच सुझाव अपनाउँदा तपाईं आफ्नो मोबाइल र आफ्नै सुरक्षालाई सुरक्षित राख्न सक्नुहुन्छ।
-
सिरानी वा ओछ्यानमा राखेर फोन चार्ज नगर्नुहोस्
धेरैले फोनलाई नरम सतहहरूमा चार्ज गर्दछन्, जसले हीट सिंकमा समस्या ल्याउँछ र ब्याट्री ओभरहीट भएर फुट्न सक्ने जोखिम हुन्छ। -
लोकल वा डुप्लिकेट चार्जर प्रयोग नगर्नुहोस्
केहीले नकली वा सस्ता चार्जरको प्रयोग गर्दछन्, जसले दुर्घटना निम्त्याउँछ। सधैं कम्पनीकै चार्जर मात्र प्रयोग गर्नुहोस्। -
सुत्दा फोन टाउको नजिक नराख्नुहोस्
चार्जिङको क्रममा फोनलाई आफ्नो टाउको वा सिरानीको नजिक नराख्नुहोस्। यो बानीएकदमै खतरनाक हुन सक्छ। -
ओभरहीटलाई नजरअन्दाज नगर्नुहोस्
फोन बारम्बार ओभरहीट भइरहे पनि चुप लाग्नु हुँदैन। यदि डिभाइस बढ्दो तापमान वा फुलेको ब्याट्री देखियो भने चार्ज नगरी सेवा सेन्टरमा लग्नुहोस्। -
लगातार चार्जमा नराख्नुहोस्
जति सकिन्छ ओभरनाइट चार्जिङबाट बच्नुस्। फोनलाई पुरै रात चार्जिङमा छोड्नु ब्याट्री हेल्थ र सेफ्टीका लागि खतरनाक हुन्छ।