कीवर्डहरू -

स्मार्टफोनमा आगो लाग्ने पाँच प्रमुख कारण र त्यसबाट जोगिने उपायहरू, जान्नैपर्ने जानकारी

स्मार्टफोनमा आगो लाग्ने पाँच प्रमुख कारण र त्यसबाट जोगिने उपायहरू, जान्नैपर्ने जानकारी

स्मार्टफोन अहिले मानिसहरूको जीवनको एक महत्वपूर्ण भाग बनेको छ  । तपाईंले कतिपय समय फोनमा आगो लाग्ने खबर सुन्नुभएको होला । फोनमा आगो लाग्नुको विभिन्न कारणहरू हुन सक्छन्, जसमा प्रमुख रूपमा ब्याट्रीसँग सम्बन्धित समस्या र प्राविधिक गडबडीहरू समावेश छन् । आज हामी तपाईंलाई फोनको ब्याट्रीमा आगो लाग्नुका पाँच कारण र त्यसबाट जोगिने उपायहरू बताउँछौं..

लिथियम–आयन ब्याट्रीको खराबीः

अधिकांश स्मार्टफोनहरूमा लिथियम–आयन ब्याट्रीको प्रयोग हुन्छ । यदि ब्याट्री ओभरचार्ज हुन्छ, बिग्रन्छ वा ड्यामेज हुन्छ भने यसले अत्यधिक गर्मी उत्पादन गर्न सक्छ, जसबाट आगो लाग्ने खतरा बढ्न सक्छ । फोनलाई रातभर चार्जमा राखेर नछोड्नुहोस् ।

ओभरहिटिङ (अत्यधिक गर्मी):

यदि फोन धेरै प्रयोग गरिन्छ वा धेरै समयसम्म चार्ज गरिन्छ भने यसले फोनलाई तातो बनाउन सक्छ । विशेष गरी जब फोनलाई हाई–डिस्प्ले एप्लिकेसन (जस्तै गेमिङ) को लागि प्रयोग गरिन्छ वा गर्मीमा प्रयोग गरिन्छ भने फोनमा आगो लाग्ने सम्भावना बढ्न सक्छ ।

खराब चार्जर वा केबलको प्रयोगः

यदि तपाईं नक्कली वा खराब चार्जर वा युएसबी केबलको प्रयोग गर्नुहुन्छ भने यसले ब्याट्रीमा समस्या उत्पन्न गर्न सक्छ र आगोको खतरा बढ्न सक्छ ।

भौतिक क्षतिः

फोन खस्दा वा दबिँदा ब्याट्री वा अन्य इलेक्ट्रोनिक भागहरूमा क्षति पुग्न सक्छ, जसले सर्ट सर्किट गराउन सक्छ । यो सर्ट सर्किट आगो लाग्ने मुख्य कारण हुन सक्छ ।

सफ्टवेयर गडबडीः

कहिलेकाहीं फोनको सफ्टवेयरले ब्याट्रीलाई सही तरिकाले व्यवस्थापन गर्न सक्दैन, जसले ओभरहिटिङको समस्या ल्याउँछ । यसले ब्याट्रीलाई बढी दबाबमा पार्छ र आगो लाग्ने कारण हुन सक्छ, त्यसैले जब पनि अपडेट आउँछ, तुरुन्तै अपडेट गर्नुहोस् ।