कीवर्डहरू -

काठमाडौं आइपुग्यो उड्ने कार, नाडा अटो शोमा हेर्न पाइने

काठमाडौं आइपुग्यो उड्ने कार, नाडा अटो शोमा हेर्न पाइने

दीपलको उड्ने कार (फ्लाइङ ट्याक्सी) र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं आइपुगेका छन् । नेपाल आईपुगेका उड्ने कार र अत्याधुनिक युनिट्री रोबोट्स नाडा अटो शो २०२५ मा हेर्न पाइने छ । 

तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै उड्ने कार र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं आइपुगेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ ।

यी उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनी हुँदैछन् । १७ औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण भएको नाडाको भनाइ छ । 

३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप नाडा अटो शो हुँदैछ ।