कीवर्डहरू -

फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, कोषका सदस्यहरूलाई डिजिटल भुक्तानीको सुविधा

फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, कोषका सदस्यहरूलाई डिजिटल भुक्तानीको सुविधा

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच, एपीआई आधारित होस्ट-टु-होस्ट भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भएको छ ।

यस सहकार्यसँगै कर्मचारी सञ्चय कोषको एप (ईआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणाली जोडिएको छ । यसले गर्दा कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक (B2C), व्यवसायदेखि व्यवसाय (B2B) र व्यवसायदेखि सरकार (B2G) सम्मको भुक्तानी सरल हुनेछ । 

साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउने छ ।

यस रणनीतिक साझेदारीको फलस्वरूप अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङ र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् ।

आधुनिक डिजिटल भुक्तानी पूर्वाधार जस्तै होस्ट-टु-होस्ट (H2H) भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथ-साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रिय रूपमा योगदान गरिरहेका जानकारी गराउँदै वित्तीय सेवाहरूलाई सबै नेपालीहरूको लागि थप पहुँच योग्य र ग्राहक मैत्री बनाएको बताए । 

कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले फोनपे सँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम भएको बताए ।

‘कर्मचारी सञ्चय कोष अन्तर्गत सापटीहरूमा डिजिटल भुक्तानी सेवा सुचारुले हाम्रा सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउने छ,’ उनले भने, ‘यस साझेदारीले, हाम्रा योगदानकर्ताहरूलाई फाइदा पुर्याउने नवीन समाधानहरू अपनाउने हाम्रो प्रतिबद्धतालाई दर्शाएको छ ।’