कीवर्डहरू -

फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, अब अनलाइनबाटै सापटी भुक्तानी गर्न सकिने

फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, अब अनलाइनबाटै सापटी भुक्तानी गर्न सकिने

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच एपीआई आधारित होस्ट-टु-होस्ट (H2H) भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भएको छ ।

यो इन्टिग्रेशनसँगै कर्मचारी सञ्चय कोषको इआरपी प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडिएको छ । यसले गर्दा कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक (B2C), व्यवसायदेखि व्यवसाय (B2B) र व्यवसायदेखि सरकार (B2G) सम्मको भुक्तानी सरल अनि सजिलो हुने बताइएको छ ।

यस व्यवस्थाले फोनपेको इन्टरअपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सहयोग पुग्ने छ । 

अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् । आधुनिक डिजिटल भुक्तानी पूर्वाधार जस्तै होस्ट-टु-होस्ट (H2H) भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथ-साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले डिजिटल भुक्तानी समाधानहरूलाई एकीकृत गरेर, प्रयोगकर्ताहरूले सहजै सुविधा पाउने बताए । 

यस्तै  कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले कर्मचारी सञ्चय कोष अन्तर्गत सापटीहरुमा डिजिटल भुक्तानी सेवा सुचारुले, हाम्रो सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउने विश्वास व्यक्त गरेका छन् ।