फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो पछिल्लो अभियान सक्षम नारी सुरु गरेको छ ।
यस अभियान द्वारा फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा शशक्त बनाउने कोसिस गरेको छ।
फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ ।
अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि फोनपे सेवाहरू फोनपे क्युआर, फोनपे डाइरेक्ट र फोनपे बिल प्रयोग गरि कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने छ ।
नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले रु १००० को ग्यारेन्टी टप-अप जित्नेछन्।
अभियानको उदेश्यका बारेमा बोल्दै फोनपेका प्रमुख रणनीति अधिकृत सुबोध शर्माले सक्षम नारी अभियानले महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने बताए ।
‘हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरु माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरुप परिवर्तन गर्न चाहन्छौं,' उनले भने, ‘हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।'