कीवर्डहरू -

एफ्वान सफ्ट ग्रुपको नयाँ कम्पनी फोनपोइन्ट्स सञ्चालनमा, के गर्छ काम ?

एफ्वान सफ्ट ग्रुपको नयाँ कम्पनी फोनपोइन्ट्स सञ्चालनमा, के गर्छ काम ?

एफवान सफ्ट ग्रुपले नयाँ कम्पनी सञ्चालनमा ल्याएको छ । ग्रुपले पुस २५ गतेदेखि फोनपोईन्ट्स नामक नयाँ कम्पनी आधिकारिक रूपमा संचालनमा ल्याएको हो । 

फोनपोईन्ट्सको उद्देश्य नेपालको रिवाड्स र लोयल्टी प्रोगाम मार्केटमा नयाँ आयाम थप्नु रहेको एफवान सफ्ट ग्रुपले जनाएको छ । 

फोनपोईन्ट्स, लोयल्टी पोइन्टको रिडेम्पस सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो ।  

फोनपोईन्ट्सको उदेश्य ग्राहकहरुको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथसाथै उक्त प्लेटफर्ममा संलग्न व्यवसायीहरुको लागि एक लोयल्टी प्रोग्रामको पूर्वाधार सृजना गराउनु भएको कम्पनीको भनाइ छ । 

फोनपोईन्ट्सद्वारा ग्राहकहरुले विभिन्न व्यवसायी स्थानहरुमा भुक्तानीको दौरान केही पोईन्ट्सहरु आर्जन गरी सो पोईन्ट्सहरुबाट विभिन्न तरिकाको लाभहरु लिन मिल्ने आधार तयार गरिएको छ । 
कार्यक्रममा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउने मिसनसहित फोन पाइन्ट्स सुरू भएको बताए ।  

‘लेनदेनलाई रिवार्डिङ् बनाउनु तथा ग्राहक र हाम्रो पार्टनरहरूको व्यापारमा लोयाल्टी बढाउनु यसको उद्देश्य हो,’ उनले भने, ‘फोनपोईन्ट्स एक लोयल्टी प्लेटफर्म मात्र नभई बिजनेसेसहरूलाई ग्राहक रिटेन र इंगेज गर्नका लागि डिजाइन गरिएको एक समाधान हो ।’