कीवर्डहरू -

फुडमाण्डुको बडा धमाका योजना, ६० बढी रेस्टुरेन्टका सबै आइटममा ५० प्रतिशतसम्म छुट

फुडमाण्डुको बडा धमाका योजना,  ६० बढी रेस्टुरेन्टका सबै आइटममा ५० प्रतिशतसम्म छुट

फुड डेलिभरी कम्पनी फुडमान्डुले दसैँको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्पेन यस दसैँमा झनै ठुलो हुने कम्पनीले जनाएको छ । 

बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी  रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने र स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्यसहित अफर ल्याएको बताइन् । 

यो बडा धमाका क्याम्पेनले ग्राहकहरुको चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउने र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्ने फुडमाण्डुको विश्वास छ । क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्नेछ।