कीवर्डहरू -

फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि, अर्डर गरेको १५ देखि ३० मिनेट भित्रमा सामान डेलिभर हुने

फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि, अर्डर गरेको १५ देखि ३० मिनेट भित्रमा सामान डेलिभर हुने

फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । 

सुरुवातमा वानमार्टको  सेवा गैरिधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित रहेको थियो । अब ललितपुरको सानेपाबाट ४ किलोमिटरको क्षेत्रमा यो सेवा फैलिएको छ जसमा जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारी क्षेत्र समावेश रहेका छन् । 

यो क्षेत्रभित्र अर्डर गरेको १५ देखि ३० मिनेट भित्रमा सामान डेलिभर हुनेछ । यी क्षेत्रका ग्राहकहरूले अब ७०० भन्दा बढी सामानहरू सजिलै अर्डर गरी तुरुन्त र भरपर्दो डेलिभरी प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आगामी दिनहरूमा अन्य धेरै क्षेत्रहरूमा सेवा विस्तार गर्दै अनलाइन ग्रोसरी किनमेलको बढ्दो मागलाई पूरा गर्ने योजना बनाएको छ ।