नेपालको इतिहासमा पहिलो पटक स्वयम् घोषणाको आधारमा भन्सार मुल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली विराटनगर नाकाबाट प्रारम्भ गरिएको छ ।
विराटनगरबाट सुरू भएको प्रणाली निकट भविष्यमा यो प्रणाली सबै भन्सारमा लागु हुने अर्थमन्त्री रामेश्वर खनालले बताए ।
‘यो प्रणालीमा राजस्व चुहावट जोखिम नियन्त्रण गर्न विद्युतीय रिस्क इन्जिन संचालन हुने छ र शंका लागेका कारोबार व्यवसायीको गन्तव्यमै पुगेर छानबिन हुने यसले राजमार्गमा ट्रक रोकेर दुख दिने काम बन्द हुनेछ,’ उनले भने ।
अर्थमन्त्री खनुसार यस प्रणालीले व्यापारको लागत घटाउने, अवान्च्छित लेनदेन शुन्य पार्ने र व्यवसायीलाई इमान्दार हुन सहयोग गर्ने छ ।