कीवर्डहरू -

नेपालमै पहिलो पटक बीएण्डबी अस्पतालमा रोबोटिक प्रविधिबाट विरामीको सफल शल्यक्रिया

नेपालमै पहिलो पटक बीएण्डबी अस्पतालमा रोबोटिक प्रविधिबाट विरामीको सफल शल्यक्रिया

बीएण्डबी अस्पतालले नेपालमै पहिलो पटक रोबोटिक प्रविधिबाट विरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।

अस्पतालले एकैदिन रोबोटिक प्रविधिबाट ३ वटा सफल शल्यक्रिया गर्न गरेको हो । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नुतन शर्माले रोबोटबाट ३ जना महिलाको शल्यक्रिया गरेकी हुन् । 

रोबोटिक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् ।
रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।