कीवर्डहरू -

माघ ९ गतेदेखि दराजको ‘फ्रि डेलिभरी फेस्टिभल’ कार्यक्रम, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

माघ ९ गतेदेखि दराजको ‘फ्रि डेलिभरी फेस्टिभल’ कार्यक्रम, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

दराजले आफ्ना ग्राहकहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक मन्दीको समयमा ग्राहकलाई सुलभ सेवा प्रदान गर्ने उद्देश्यसहित दराजले पहिलो पटक फ्री डेलिभरी फेस्टिभल कार्यक्रम ल्याएको हो ।   

यसमा ग्राहकहरुले निःशूल्क डेलिभरी, ७० प्रतिशतसम्मको मेगा डिल्स, १ हजारसम्मको मेगा भौचर, १ हजारसम्मको प्रिपेमेन्ट छुटका साथै अरु थुप्रै अफरहरु प्राप्त गर्न सक्छन् । माघ ९ गतेदेखि सुरू हुने उक्त कार्यक्रममा फेसन, लाइफस्टाइल, व्यूटी जस्ता विभिन्न विधाका सामानहरु खरिद गर्न सकिन्छ । 

फ्री डेलिभरी फेस्टिभलले खरिदकर्ताहरुलाई घरदेखि बजारसम्मको दोहोरो यात्रा गर्न नपर्ने र घरमै सामान आउने व्यवस्था गरेर अधिक्तम बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यो कायक्रममा दराजले काठमाडौं र मूख्य शहरहरुमा मात्र नभएर ग्रामीण क्षेत्रहरुका सीमान्तकृत समुदायहरुमा पनि सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी सेवा प्रदान गर्नेछ । 

२०२३ को डिसेम्बर महिनामा मात्र दराजका आधा ग्राहकहरुले निःशूल्क डेलिभरी सेवाको लाभ लिएका थिए जुन २०२३ जनवरीको तुलनामा ५०० प्रतिशतभन्दा धेरै हो । दराजसंग आवद्ध विक्रेताहरुले निःशूल्क डेलिभरी सेवालाई एउट औजारको रुपमा लिएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सक्ने कम्पनीको भनाइ छ । विगतको तथ्याङ्क केलाउने हो भने दराजले निःशूल्क डेलिभरी सेवा प्रदान गर्दा विक्रेताहरुको आयमा ७५ प्रतिशतको विद्धि भएको देखिन्छ । 

दराजका प्रमुख परिचालन अधिकृत, विमल अर्यालले ग्राहकहरुलाई समयमै सुपथ मूल्यमा प्रदान गर्ने हाम्रो मूख्य उदेश्य अनुसार अहिलेको फ्रि डेलिभरी कार्यक्रम ल्याएको बताए । २०२४ को पहिलो कार्यक्रम फ्रि डेलिभरी फेस्टिभलमा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुटका साथै अरु थुप्रै अफरहरु प्राप्त गर्न सक्छन् ।

कम्पनीको अनुसार ग्राहकहरुले डेबिटकार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५ प्रतिशत रु ७५० सम्म साथै क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत रु १,००० सम्मको छुट प्राप्त गर्ने छन् ।