डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रबद्र्घनमा एनसीएचएल लागिपरेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यलाई लक्षित गर्दै तथा डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे छ ।
अब ल्भ्एब्ीएब्थ् क्ष्लकतबलत को सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पौष १६ गतेसम्मका लागि नेपालपे इन्स्ट्यान्टमार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।
नेपालपे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो, जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेसको आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ ।
हाल नेपालपे इन्स्ट्यान्टको सुविधा अयललभअतक्ष्एक् तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ्ग एपहरुमा उपलब्ध रहेको छ ।