दसैँको अवसरमा ज्योति विकास बैंकले नि:शुल्क फन्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफरमार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
नि:शुल्क फन्ड ट्रान्सफरको योजनाले ग्राहकहरूलाई दसैँको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ।
विद्युतीय कारोबारलाई ग्राहकमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको जानकारी दिएको छ।
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      