कीवर्डहरू -

एलजी स्मार्ट टिभीमा ५ वर्षसम्म निःशुल्क अपरेटिङ सिस्टम अपग्रेडको सुविधा

एलजी स्मार्ट टिभीमा ५ वर्षसम्म निःशुल्क अपरेटिङ सिस्टम अपग्रेडको सुविधा

एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गर्ने घोषणा गरेको छ । योसँगै एलजी स्मार्ट टिभी प्रयोगकर्ताले ५ वर्षसम्मका लागि निःशुल्क अपरेटिङ सिस्टम अपग्रेडको सुविधा पाउनेछन् ।

वेबओएस रि:न्यू प्रोग्राम अन्तर्गत एलजीको २०२२ ओएलईडी टिभी लाइनअप, एलजी ओएलईडी फ्लेक्स, एलजी ओएलईडी ऑब्जेक्ट कलेक्शन पोसे, साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८ के (क्यूएनईडी९९/९५ श्रृंखला) को प्रत्येक मोडेलमा नयाँ वेबओएस अपग्रेड सुविधा ल्याएको हो । 

वेबओएसको नयाँ संस्करणसँग, एलजी स्मार्ट टिभीका ग्राहकहरूले अझै व्यक्तिगत टिभी अनुभवको आनन्द लिन सक्ने कम्पनीको दावी छ । 

उन्नत सुरक्षा प्रविधि र अनुकूलित अपरेटिङ सिस्टमले, प्रयोगकर्ताहरूलाई टिभी हेर्ने अनुभवको समयमा उच्चस्तरको स्थिरता, सुरक्षा र सहजतासँग सुरक्षित गरिने जनाइएको छ । 

एलजी स्मार्ट टिभीले नयाँ वेबओएस अपग्रेडलाई अपनाउँदै गर्दा, सामग्री प्रदायक र सेवा विकासकर्ताहरूलाई नयाँ सामग्री, सेवाहरू र सुविधाहरूलाई व्यापक दर्शकहरूमा फैलाउने थप अवसरहरू प्राप्त हुने कम्पनीको भनाइ छ । 

सोही एलजी वेबओएस रि:न्यू प्रोग्राम नेपालमा उपलब्ध २०२२ देखिका ओएलईडी र क्यूएनईडी टिभी र  २०२३ देखिका युएचडि टिभीहरुमा पनि लागु हुनेछ भने, जसमा आगामी पाँच वर्ष सम्म नि:शुल्क अपग्रेड आउनेछ।