कीवर्डहरू -

दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई नि:शुल्क प्राविधिक सेवा

दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई नि:शुल्क प्राविधिक सेवा

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्तालाई स्थानीयस्तरमै प्राविधिक सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले ब्रदर नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । नासा कम्प्युटर सप्लायर्सको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने शिविर २०८३ साल कार्तिक १४ र १५ गते दमौलीमा आयोजना हुनेछ ।

दुई दिन सञ्चालन हुने उक्त सेवा शिविर व्यास २ दमौलीस्थित बालमन्दिर तथा सत्यवती स्कुल लाइन क्षेत्रमा आयोजना हुनेछ । शिविरमा ब्रदरका ग्राहक तथा प्रिन्टर प्रयोगकर्ताले आफ्नो प्रयोगमा रहेका प्रिन्टर तथा मल्टिफङ्सन उपकरणको नि:शुल्क प्राविधिक जाँच तथा सेवा लिन सक्नेछन् । उपकरणमा कुनै समस्या देखिएको अवस्थामा मात्र होइन, नियमित मर्मतसम्भार तथा कार्यक्षमता कायम राख्न आवश्यक प्राविधिक सुझाव लिन पनि ग्राहकले शिविरको उपयोग गर्न सक्नेछन् ।

शिविरमा प्राविधिक टोलीले उपकरणको अवस्था परीक्षण गरी सामान्य समस्या तथा आवश्यक मर्मतसम्भारको पहिचान गर्नेछ । साथै, प्रिन्टरलाई सही तरिकाले प्रयोग गर्ने, सम्भावित समस्याबाट बच्ने तथा उपकरणको कार्य क्षमता लामो समयसम्म कायम राख्ने विषयमा व्यावहारिक जानकारी र परामर्श दिइनेछ । ग्राहकले आफ्ना उपकरणमा देखिएका समस्या वा प्रयोगका क्रममा भोगेका कठिनाइबारे प्राविधिक टोलीसँग प्रत्यक्ष छलफल गरी आवश्यक समाधानबारे जानकारी लिन सक्नेछन् ।

स्थानीय बजारमै प्राविधिक टोलीको प्रत्यक्ष पहुँच उपलब्ध गराउँदै ग्राहकलाई आफ्नो उपकरणको अवस्था बुझ्ने र समयमै आवश्यक हेरचाहबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नु शिविरको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । दमौली तथा आसपासका ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया बढाउँदै उनीहरूको सेवा आवश्यकता पहिचान र सम्बोधन गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको जनाइएको छ ।

नासा कम्प्युटर सप्लायर्स र सागर ग्रुपले दमौली तथा आसपासका ब्रदर ग्राहकहरूलाई आफ्नो प्रयोगमा रहेको उपकरणसहित सेवा शिविरमा सहभागी हुन आग्रह गरेका छन् । ग्राहकहरूले २०८३ साल कार्तिक १४ र १५ गते व्यास २ दमौलीस्थित बालमन्दिर तथा सत्यवती स्कुल लाइनमा उपस्थित भई नि:शुल्क प्राविधिक जाँच, सेवा तथा परामर्श लिन सक्नेछन् ।