कीवर्डहरू -

शुक्रबारको क्रिकेट खेलको टिकट आईएमई पेबाट काट्न सकिने, मैदानमा टिकट बुथ नहुने

शुक्रबारको क्रिकेट खेलको टिकट आईएमई पेबाट काट्न सकिने, मैदानमा टिकट बुथ नहुने

आईसीसी पुरूष टी २० विश्वकप एशिया छनौट अन्तर्गतको सेमिफाइनल खेल मैदानमा आएर हेर्न आईएमई पेबाट टिकट काट्न क्यानले अनुरोध गरेको छ । 

शुक्रबार मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीच सेमिफाइनल खेलको लागि ३५०० टिकट आईएमई पेबाट काट्ट सकिने छ । 

मैदानमा कुनै टिकट बुथ नहुने र निश्चित सङ्ख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट आईएमई पेबाट काट्न सकिने क्यानले बताएको छ । 

‘सम्पूर्ण दर्शकहरुलाई नेपाल र युएइबिच हुने सेमिफाइनल सकभर खेल घरमै बसेर हेर्नु हुन हामी हार्दिक अनुरोध गर्दछौं,’ क्यानले सूचनामा भनेको छ, ‘साथै नेपाल क्रिकेट संघ, क्रिकेटसँग सम्बन्धित सबै अतिथिज्युहरुलाई समेत मुलपानी मैदानको नेपाल र युएइबिच हुने सेमिफाइनल खेलको पास वितरण गरिने छैन् ।’