कीवर्डहरू -

फूडमान्डुको नयाँ वर्ष अफर, अनलाइन अर्डरमा ३० प्रतिशतसम्म छुट

फूडमान्डुको नयाँ वर्ष अफर, अनलाइन अर्डरमा ३० प्रतिशतसम्म छुट

नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत काठमाडौँका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको हो ।  

यसका साथ साथै ग्राहकहरूले हरेक दिन फरक फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् । उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ । यो अफर माघ १७ गतेसम्म लागु हुनेछ ।