कीवर्डहरू -

नेपालमा पूर्ण विद्युतीय पिकअफ ‘रिड्डारा आरडी सिक्स’ सार्वजनिक, मूल्य ७९ लाख

नेपालमा पूर्ण विद्युतीय पिकअफ ‘रिड्डारा आरडी सिक्स’ सार्वजनिक, मूल्य ७९ लाख

नेपालमा रिड्डाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालमा पूर्ण विद्युतीय पिकअफ ‘रिड्डारा आरडी सिक्स’ सार्वजनिक गरेको छ । 

हात्तिबन रिसोर्स फर्पिङमा ट्रयाक एडभेन्चर ड्राइभ गरेर  रिड्डारा आरडी सिक्स सार्वजनिक गरिएको हो । सोही कार्यक्रममा १० वटा रिड्डारा पनि बुकिङ भएको छ । 

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिड्डाराले पिकअप क्षेत्रमास नयाँ मानक स्थापित गर्ने बताइएको छ ।

यसमा ४२४ किलोमिटरको उत्कृष्ट रञ्ज र ७३ किलोवाट क्षमताको ब्याट्री रहेको छ, जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन हो ।

नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै रिड्डारा ७ फरक-फरक ड्राइभिङ मोडहरू रहेका छन्, जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ । 

साथै, ५४० डिग्री भ्यू क्यामेरा प्रणाली समेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउने छ ।

२२५ एमएम ग्राउन्ड क्लियरेन्स गाडीको प्रारम्भिक मूल्य ७९.९९ लाख रूपैयाँ तोकिएको छ । रिड्डाराको पिकअपले चीनमा नम्बर वान ईभी पिकअपको रूपमा रहेको छ ।