कीवर्डहरू -

व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने जानकारी दिएको हो । 

आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा ८१ क. थप भई व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था भएको विभागले जनाएको छ । 
 
उक्त व्यवस्था बमोजिम कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन । 

सोही ऐनको दफा ११९ क. को उपदफा (३) मा दफा ८१ क. को उल्लङ्घन गरेमा प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैयाँ वा कुल रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने छ ।

null