कीवर्डहरू -

सामसङको ग्यालेक्सी एस २४ एफई स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सामसङको ग्यालेक्सी एस २४ एफई स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस २४ एफईको सार्वजनिक गरेको छ । यसमा प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिनेछ । ६.७ इन्चको डायनामिक एमोलेड टुएक्स डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री र शक्तिशाली एक्सिनो २४०० ई सिरिज चिपसेटको साथमा यो गेमिङका लागि एक उत्तम उपकरण बनेको कम्पनीको दावी छ । 

दृश्य गुणस्तरलाई अविश्वसनीय उचाइहरूमा लग्नको लागि सामसङको डायनामिक एआई–संचालित क्यामेरा इन्जिन, प्रोभिजुअल इन्जिनले क्यामेरा सिस्टमको क्षमताहरू अझ धेरै बढाएको छ । ए
फई सिरिजमा पहिलो पटक आएको प्रोभिजुअल इन्जिनले धेरै सुधारिएको टेक्नोलोजीको सुविधा आएको छ । 

यसमा थ्रीएक्स जुमसहित ५० मेगापिक्सेलको वाइड लेन्स र ८ मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ, दुबैमा अप्टिकल इमेज स्ट्याबिलाइजेसन सुविधा रहेको छ । फोनमा १२ मेगापिक्सेलको अल्ट्रा वाईड लेन्स र १० मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।  

यसमा एआई सुविधा समेत राखिएको छ । पोर्ट्रेट स्टुडियोले सेल्फीहरूलाई कार्टुन, कमिक्स, वाटर कलर पेन्टिङ वा स्केचका रूपमा अनलाइन प्रोफाइलहरूमा फ्लेयर थप्नको लागि रीइमाजिन गर्नेछ ।

एडित सजेसनहरूले एक बटन थिचेर प्रतिबिम्ब जस्ता कष्टप्रद त्रुटिहरू तुरुन्तै हटाउने छ । इन्स्ट्यान्ट स्लो–मोले जीवनका महत्त्वपूर्ण पलहरूको प्रत्येक सेकेन्डलाई क्षणभरमा अमर बनाउन सहयोग गर्नेछ ।

यसमा सर्कल टु सर्च र सर्कल जेस्चर जस्ता एआई सुविधा समेत उपलब्ध रहेको छ ।  गुगलको साथ सर्कल टु सर्लेचले होम बटनमा लंगप्रेस र सर्कल जेस्चरले मात्र तत्काल खोज परिणामहरू प्रदान गरेर अभूतपूर्व सहजताका साथ जिज्ञासालाई सन्तुष्ट पार्छ ।

साथै यसमा भएको लाइभ ट्रान्सलेट सुविधाले अफलाइन हुँदा पनि इन्टरप्रेटरले तुरुन्तै व्यक्तिगत कुराकानी, व्याख्यान वा अन्य कुनै पनि प्रकारका प्रस्तुतीकरणहरू तुरुन्तै अनुवाद गर्न सक्ने छ । 
सामसङ किबोर्डबाट कम्पोजरले इमेल र समर्थित सामाजिक मिडिया एपहरूको लागि साधारण किवर्डहरूमा आधारित सुझाव गरिएको टेक्स्ट उत्पन्न गर्नेछ ।

नोट असिस्टले नोट लिने प्रक्रियालाई सुव्यवस्थित बनाउँछ र ढाँचा र अनुवादलाई स्वचालित बनाउने सामसङले जनाएको छ । सामसङ नोट्समा तपाईले ट्रान्सक्रिप्शन, अनुवाद, र आवाज रेकर्डिङको सारांश सिधै प्राप्त गर्न सक्नुहुन्छ ।

फोनमा सामसङ नक्स सुविधा समेत छ, जसले महत्त्वपूर्ण जानकारीको सुरक्षा गर्दछ र एन्ड–टु–एन्ड सुरक्षित हार्डवेयर, वास्तविक–समय खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीहरू विरुद्ध सुरक्षा गर्दछ ।

ग्यालेक्सी एस २४ एफई नीलो र ग्रेफाइट रंगहरूमा उपलब्ध हुनेछ । यसको मूल्य ९४ हजार ९९९ रूपैयाँबाट सुरु हुनेछ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा तपाईँले यो नयाँ फोनलाई शुन्य प्रतिशत ब्याजदरमा ४ हजार ७५० रूपैयाँ महिनादेखि सुरु हुने गरी सजिलो ईएमआईमा प्राप्त गर्न सकिने छ । 

३ हजार रूपैयाँसम्मको विशेष बोनससहित आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि परिष्कृत ट्रेड–इन एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको छ ।