कीवर्डहरू -

ग्यालेक्सी ट्याब ए१० एफई नेपालमा सार्वजनिक, के के छन् सुविधा ?

ग्यालेक्सी ट्याब ए१० एफई नेपालमा सार्वजनिक, के के छन् सुविधा ?

सामसङ नेपालले आफ्नो नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब ए१० एफई सार्वजनिक गरेको छ । ग्यालेक्सी इकोसिस्टममा नयाँ प्रयोगकर्ता अनुभवहरू प्रदान गर्दै प्रिमियम ट्याब्लेट डिजाईन ल्याएको छ । 

यो ट्याब्लेट ग्यालेक्सी ट्याब ए१० एफई सिरिजको अहिलेसम्मकै ठूलो स्क्रिन र झनै पातलो बेजलहरू सहित आएको छ, जसले भिडियो हेर्न, पढ्न र दैनिक कामहरू गर्न रमाइलो र इमर्सिभ अनुभव दिने कम्पनीको भनाइ छ । 


यसमा सामसङका इन्टेलिजेन्ट फिचरहरू सर्कल टु सर्च, नोट असिस्ट, अब्जेक्ट इरेजर आदि प्रयोगकर्तालाई सजिलै बहुकार्य गर्ने र सिर्जनात्मक हुन सघाउने बताइएको छ । साथै, यो ट्याब आईपी ६८ डस्ट र वाटर रेसिस्टेन्स समेत रहेको छ । 

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले यसले प्रयोगकर्तालाई अझ बढी गर्न, सिर्जना गर्न र नयाँ कुरा पत्ता लगाउन प्रेरणा दिने जानकारी दिए । १०.९ इन्चको स्क्रिन र ९० हर्ज रिफ्रेस रेटसहित, ग्यालेक्सी ट्याब एस१० एफईले भिडियो हेर्न र खेल खेल्न स्मूथ अनुभव दिन्छ । 

८०० निट्स सम्मको उज्यालो क्षमतासहितको एचबीएम स्क्रिन र भिजन बुस्टरले बाहिरी वातावरणमा पनि राम्रो दृश्यता सुनिश्चित गर्छ । ग्यालेक्सी ट्याब एस१० एफई पढाइ, कार्यालय वा मनोरञ्जन सबैका लागि उपयुक्त भएको सामसङको दावी छ ।

अपग्रेड गरिएको प्रोसेसरले धेरै एपहरूबीच सजिलै स्विच गर्न सकिन्छ। १३ मेगापिक्सेलको उच्च गुणस्तरको क्यामेराले तपाईंका क्षणहरू अझ प्रस्ट र जीवन्त बनाउँछ । अघिल्लो संस्करणभन्दा ४ प्रतिशत हल्का भएको यो ट्याब अझ सजिलै बोक्न मिल्ने छ ।

साथसाथै, आईपी ६८ रेटिङसहितको यो ट्याब वातावरणीय असरहरू सहन सक्ने खालको बनाइएको छ । यो ट्याब लुमाफ्युजन, गुडनोट्स, क्लिप स्टुडियो पेन्ट, नोटसेल्फ ३, स्केचबुक, पिक्सआर्ट जस्ता सिर्जनात्मक एप्ससहित आउँछ, जसले तपाईंको कल्पनालाई क्यानभासमा उतार्न सहयोग गर्नेछ ।

यस ट्याबले अन्य सामसङ उपकरणहरूसँग सजिलै जडान भएर होम इन्साइट विजेट र त्रि-आयामिक नक्सा हेर्ने फिचरमार्फत स्मार्ट उपकरणहरूको स्थिति हेर्न मिल्ने छ ।

ग्यालेक्सी ट्याब एस१० एफई मा सामसङको नक्स सुरक्षा प्रणाली रहेको छ, जुन बहु-स्तरीय सुरक्षा प्रणाली हो । हार्डवेयर तहदेखि नै डाटालाई सुरक्षित राख्ने, तत्कालै खतराको पहिचान गर्ने र सहयोगी सुरक्षा प्रदान गर्ने यो प्रणालीले तपाईंको व्यक्तिगत जानकारीको सुरक्षा सुनिश्चित गर्नेछ । 

ग्यालेक्सी ट्याब एस१० एफई नेपालभरका सामसङका आधिकारिक स्टोरहरूमा ग्रे र सिल्भर रंगहरूमा उपलब्ध छ । ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको ग्यालेक्सी ट्याब एस१० एफईको मूल्य ७४ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

सामसङ इन्स्टाफाइनान्सको माध्यमबाट ०% ब्याजमा ३ हजार ७५० रूपैयाँबाट मासिक किस्ताबन्दीमा ट्याब किन्न सकिन्छ । साथै, सबकोफोन र अर्कोस्टोर मार्फत आफ्नो पुरानो मोबाइल वा ट्याब साटेर नयाँ ग्यालेक्सी ट्याब एस१० एफई पाउन सकिन्छ ।