कीवर्डहरू -

एआई फिचरसहित ग्यालेक्सी ट्याब १० प्लस र ग्यालेक्सी ट्याब १० अल्ट्रा सार्वजनिक

एआई फिचरसहित ग्यालेक्सी ट्याब १० प्लस र ग्यालेक्सी ट्याब १० अल्ट्रा सार्वजनिक

सामसङ ग्यालेक्सी ट्याब एस १० ग्लोबल मार्केटमा लन्च गरिएको छ। यस सिरिजका दुई ट्याबहरू सामसङ ग्यालेक्सी ट्याब १० प्लस र ग्यालेक्सी ट्याब १० अल्ट्रालाई लन्च गरिएको हो । सामसङका यी ट्याबहरू मिडियाटेकको प्रोसेसरसँग आएका छन् । 

दक्षिण कोरियाली कम्पनीको लेटेस्ट ट्याब्लेट सिरिजलाई ग्यालेक्सी एआई फीचरको साथमा बजारमा ल्याइएको छ । ट्याब १२ जीबी र्याम र २५६जीबी स्टोरेजको साथमा आउँछन् । यसको सेलुलर भर्जन फाइभजी क्षमतासहित  उपलब्ध गराइएको छ । सामसङले ट्याबलाई ग्रे र सिल्भर कलरमा लन्च गरेको छ ।

सामसंग ग्यालेक्सी ट्याब १०+ ट्याबमा १२.४–इन्चको डिस्प्ले दिइएको छ, जसको रिजोल्युसन २८०० १७५२ पिक्सल छ । ट्याबमा डुअल रियर क्यामेरा सेटअप दिइएको छ, जसको प्राइमरी क्यामेरा १३ मेगापिक्सल र सेकेन्डरी क्यामेरा ८ मेगापिक्सलको छ ।

ट्याबको फ्रन्टमा १२ मेगापिक्सलको अल्ट्रा वाइड सेल्फी क्यामेरा दिइएको छ । कनेक्टिभिटीको कुरा गर्दा सामसंग ग्यालेक्सी ट्याब १०+ मा फाइभजी, वाईफाई सिक्सई, र ब्लुटुथ ५.३ को सपोर्ट दिइएको छ । यसमा १० हजार ९० एमएएच ब्याट्री र ४५ वाट वायर्ड फास्ट चार्जिङ सपोर्ट छ ।

ग्यालेक्सी ट्याब १० अल्ट्रामा १४.६–इन्चको डिस्प्ले दिइएको छ, जसको रिजोल्युसन २८००X१७५२  पिक्सल छ । सामसङ ट्याब एस१० अल्ट्राको क्यामेरा सेटअप ट्याब एस १०+ जस्तै छ । यद्यपि, यसमा फ्रन्टमा १२ एमपीका दुई क्यामेरा सेन्सरहरू छन् । कनेक्टिभिटीको कुरा गर्दा यसमा वाईफाइ ७ को अतिरिक्त सपोर्ट छ । साथै ट्याबमा ११ हजार २०० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङ सपोर्ट छ ।

ग्यालेक्सी ट्याब एस १० सिरिजलाई कम्पनीले ग्यालेक्सी एआई को साथमा लन्च गरेको छ । यसले सर्कल टू सर्च, स्केच अस्सिट, नोट असिस्ट, र पिडिएफ ओभरले जस्ता फिचरहरूको सपोर्ट प्रदान गर्छ । यसका साथै ट्याबमा एस पेन को एयर कमाण्ड फिचर पनि उपलब्ध छ ।

सामसङका दुवै ट्याबहरूमा १२० हर्ज रिफ्रेश रेट भएको डाइनामिक एमोलेड टूएक्स डिस्प्ले दिइएको छ । साथै यी ट्याबहरू मिडियाटेक डाइमेन्सिटी ९३००+ चिपसेटसहित उपलब्ध छन् । यस ट्याबमा क्वाड स्पीकर सेटअप, आईपी ६८ रेटिङ, र इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको सपोर्ट पनि छ ।