कीवर्डहरू -

वर्ल्ड समिट अवार्ड २०२३ मा नेपालबाट गल्ली म्याप्स र सफा नेपाल शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड २०२३ मा नेपालबाट गल्ली म्याप्स र सफा नेपाल शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२३ को अवार्डमा नेपालका २ प्रडक्ट शर्टलिष्ट भएका छन् । नेपालबाट गल्ली म्याप्स र सफा नेपाल डब्लुएसए अवार्डको शर्टलिष्टमा पर्न सफल भएका हुन् ।

नेपालबाट अवार्डको कल्चर एण्ड हेरेटेज विधामा गल्ली म्याप्स र स्मार्ट सेटलमेन्ट एण्ड अर्बनाइजेनस विधामा सफा नेपाल शर्टलिष्ट भएका छन् । 

नेपालका लागि डब्लुएसए अवार्डको साझेदारको रूपमा आईसीटी अवार्डले समन्वय गरिरहेको छ । आईसीटी अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेसन तथा प्रडक्टलाई डब्लुएसए अवार्डमा नोमिनेट गर्दै आएको डब्लुएसए अवार्डका नेशनल एक्सपर्ट राजन लम्सालले जानकारी दिए । 

गत वर्ष गभर्नेन्स विधामा नागरिक एप र हेल्थ विधामा क्युरा हेल्थले उक्त अवार्ड पाएका थिए । यो वर्ष आगामी अप्रिलमा चिलिमा वर्ल्ड कांग्रेस तथा अवार्ड वितरण कार्यक्रम रहेको छ । 

विभिन्न चरणको मूल्यांकन पश्चात १३१ जनाको अनलाइन जुरी समूहले नेपालसहित ६० देशका १३६ परियोजना यस अवार्डमा शर्टलिष्ट गरेको छ । डब्लुएसए अवार्डले स्थानीय प्रडक्टलाई ग्लोबल लैजान सहयोग पुग्ने लम्सालको विश्वास छ । 

आइसिटीसँग सम्बन्धित स्थानीय डिजिटल इन्नोभेसन प्रवर्द्धन गर्न गैरनाफामूलक संस्था इन्टर्नेसनल सेन्टर फर न्यू मिडियाले डब्लुएसए आयोजना गर्दै आएको छ ।

सन् २००३ मा सुरू भएको डब्लुएसएमा अहिलेसम्म विश्वका १८२ देशका प्रडक्टले सहभागिता जनाइसकेका छन् । अवार्ड ८ विधामा प्रदान हुँदै आएको छ ।