गरिमा विकास बैंक लिमिटेड डिजिटल बैंकिङ कारोबारमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मानित भएको छ ।
मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकलाई 'Excellence in Digital Transactions FY 2081/82' र 'Excellence in Nepalpay QR Transaction FY 2081/82' अवार्ड प्रदान गरिएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरेबापत गरिमाले यी अवार्ड प्राप्त गरेको हो । काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले अवार्ड ग्रहण गरेका थिए ।
आईसीटी समाचार