कीवर्डहरू -

देशव्यापी डिलर सञ्जाल विस्तार गर्दै जिली

देशव्यापी डिलर सञ्जाल विस्तार गर्दै जिली

नेपालका लागि जिली इएक्स–५ का आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले देशव्यापी डिलर सञ्जाल विस्तारको योजना सार्वजनिक गरेको छ। 

आगामी एक वर्षभित्र सातै प्रदेशमा दुई–दुई गरी १४ वटा डिलरशिप शो–रुम स्थापना गर्ने घोषणा कम्पनीले गरेको हो।

रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेका छन्।  तिनका शोरुम तथा सर्भिस सेन्टरहरू एक महिनाभित्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

यी नयाँ शोरुमहरूले जिलीको विश्वस्तरीय मापदण्डअनुसार सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ सुविधा, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पार्ट्स उपलब्ध गराउनेछन्।

कम्पनीले छिट्टै अन्य शहरहरूमा पनि नयाँ डिलर शोरुमहरू स्थापना गर्ने तयारी गरेको जनाएको छ।