कीवर्डहरू -

सरकारविरूद्ध चर्कियो जेनजीको देशव्यापी आन्दोलन

सरकारविरूद्ध चर्कियो जेनजीको देशव्यापी आन्दोलन

सरकारको दमनमा १९ जनाको ज्यान जाने गरी घटना भएपछि जेनजीको आन्दोलन झनै चर्किएको छ । ठाउँ ठाउँमा सरकारविरूद्ध प्रदर्शन भइरहेको छ । 

प्रदर्शन रोक्नका लागि काठमाडौं उपत्यका लगायत अन्य विभिन्न ठाउँमा कर्फ्यु लागु गरिएको छ । तर कर्फ्युमा पनि स्वःस्फुर्त रूपमा आन्दोलन भइरहेको छ । 

सोमबारदेखि भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध र बेथितिविरूद्ध जेनजी पुस्ताले आन्दोलन सुरू गरेका थिए । पहिलो दिननै १९ जनाको ज्यान जाने गरी राज्यले दमन गरेपछि क्षमा नहुने घटना भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट टिप्पणी भइरहेको छ । सबैको एउटै स्वर छ – सरकारको दमन अति भयो, सत्तामा बस्ने औचित्य सकियो । 

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध भने सोमबार रातिदेखि खोलिसकेको छ । प्रधानमन्त्री, मन्त्री, प्रदेशका मन्त्रीहरूले राजीनामा दिनुपर्ने, अन्तरिम सरकार गठन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको माग र भ्रष्टाचारको निष्पक्ष छानबीनको माग प्रदर्शनकारीको छ । 

मंगलबार प्रदर्शनकारीहरूले नेताका निवास, पार्टी कार्यालय, सरकारी कार्यालय लगायतलाई निशाना बनाइरहेका छन् । त्यहाँ आगजनी र तोडफोडको प्रयास उनीहरूले गरिरहेका छन् ।