कीवर्डहरू -

३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ?

३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ?

३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ? 

सर्वाङ्गीन अध्ययन विकास केन्द्र (आईआईडीएस) ले आयोजना गरेको ह्याक डे सम्पन्न भएको छ । जेनेरेटिभ एआई शक्तिको उपयोग गर्नका लागि आईआईडीएसले आयोजना गरेको जेन एआई ह्याकाथनको फिनाले साउन ३१ गते सम्पन्न भएको हो । 

आईआईडीएसका कार्यकारी निर्देशक डा. विश्वास गौचनले जेनेरिटिभ एआईबाट इन्नोभेसनलाई ड्राइभ गर्न र देखिएका चुनौतीहरूको सामना गर्न सकिने बताए । 

कार्यक्रममा बोल्दै एजाइल मुभका सीईओ सुशील भट्टचले समस्याबाट इन्नोभेसन सुरू हुने बताउँदै युवा इन्नोभेटरका लागि यो ह्याकाथन उपयोगी भएको बताए ।  

null

एजाइल मुभसँगको सहकार्यमा ३ महिनासम्म सञ्चालन भएको ह्याक डे कार्यक्रम जेनेरेटिभ एआईलाई केन्द्रित गरेर नेपालकै पहिलो पटक आयोजना गरिएको आईआईडीएसले जनाएको छ । 
जेनेरेटिभ एआईमार्फत शिक्षा, स्वास्थ्य, वित्त, वातावरण लगायतका क्षेत्रको समस्या समाधानमा काम गरिएको थियो । 

ह्याक डेमा नेपालभरबाट सहभागी भएका थिए । सहभागीलाई जेनेरेटिभ एआई प्रयोग गरेर सामाजिक आर्थिक मुद्दाहरू समाधान गर्ने इन्नोभेटिभ आईडिया प्रस्तुत गर्न प्रोत्साहन गरिएको थियो । 
त्यसपछि ८ समूहलाई छनौट गरेर डिजिटल प्रविधि क्षेत्रमा विदेशमा नाम कमाएका नेपाली डायस्पोरालाई मेन्टरको रूपमा राखिएको थियो ।

मेन्टरको रूपमा इन्टेलका डेभलपमेन्ट टुल सफ्टवेयर इन्जिनियर विजय राज पौडेल, डिलोइटका सिनियर डेटा वैज्ञानिक विपेन्द्र बस्न्यात, बोइस स्टेट विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका विशाल लाखे, डेटा वैज्ञानिक दिपेश गौतम र माइक्रोसफ्टमा सिनियर डेटा एण्ड अपलाइड साइन्टिस्ट निर्मल बुढाथोकी रहेका थिए ।

जेन एआई ह्याकथनले नेपालको इन्नोभेसनको क्षेत्रमा नयाँ बेञ्चमार्क तयार गरेको आयोजकले जनाएको छ । 

null

ह्याकाथनमा पहिरोका लागि एआई आधारित डिजिटल इन्भेन्ट्री परियोजना विजेता, डिजाइन एण्ड अप्टिमाइज कस्टम अटोमोटिभ पार्ट्स परियोजना फस्ट रनरअप र एआई टुल फर ब्रेकिङ ल्याङ्वेज ब्यारियर परियोजना सेकेण्ड रनरअप भएका छन् । ह्याकाथनमा पहिलोले ८० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार पुरस्कार समेत पाएका छन् । 

विजेताको छनौटका लागि डिजिटल एज नेपालकी प्रबन्ध निर्देशक दिव्याश्वरी दली, मेरोजबका प्रबन्ध निर्देशक शैलेश गिरी, नेशनल बैंकिङ इन्स्टिच्युटका सीईओ कुमार लम्साल, नक्साका सहसंस्थापक उत्तम पुडासैनी र फिनटेक विज्ञ सञ्जीव सुब्बाको विज्ञ निर्णायक समूह गठन गरिएको थियो ।