कीवर्डहरू -

जेनेस सलुशनलाई एडब्लुएस प्रिमिएयर टिएर सर्भिसेज पार्टनरको मान्यता

जेनेस सलुशनलाई एडब्लुएस  प्रिमिएयर टिएर सर्भिसेज पार्टनरको मान्यता

डिजिटल रूपान्तरण र साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनले  अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस प्राप्त गरेको छ।  विश्वभरका १ लाख ४० हजारभन्दा बढी  एडब्लुएस  साझेदारहरुमध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेर जेनेस सलुशन यो प्रतिष्ठित उपाधि प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र कम्पनी बनेको छ ।

जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले एडब्लुएसको प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस हासिल गर्ने नेपालको पहिलो कम्पनी बन्नु देशकै लागि पनि गौरवको क्षण भएको बताए । 

जेनेस सलुशनले विश्वभरका संस्थाहरूलाई एडब्लुएसमा  आधारित समाधानहरू डिजाइन गर्न, माइग्रेसन गर्न र व्यवस्थापन गर्न मद्दत पुर्‍याउँदै आएको छ।

जेनेस सलुशनले एडब्लुएस प्रिमिएयर टिएर स्टाटस प्राप्त गरेकाले  उसका ग्राहक तथा साझेदारहरूलाई एडब्लुएसका उच्चतम विशेषज्ञता र स्रोतसाधनमा पहुँच, एडब्लुएस विशेषज्ञहरूसँग द्रुत र प्रत्यक्ष सहयोग, एडब्लुएस रोड म्याप तथा बेटा कार्यक्रममा प्रभावशाली संलग्नता, र प्रमाणित गुणस्तर तथा नियमअनुसारको सेवा पाउन सहयोग पुर्‍याउने कम्पनीले बताएको छ।

जेनेस सलुशनका प्रमुख प्राविधिक अधिकृत तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवरले प्रिमियर पार्टनर पश्चात एडब्लुएससँग सहकार्य गर्दै जटिल डिजिटल चुनौतीहरूको समाधान गर्न र ग्राहकलाई विश्वस्तरको समाधान प्रदान गर्न थप मौका दिने बताए ।