कीवर्डहरू -

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रियो जेनजी पुस्ता

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रियो जेनजी पुस्ता

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ता सडकमा उत्रिएको छ । सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्ट नेता तथा उच्च पदस्थ सरकारी कर्मचारी र उनीहरूका सन्तानको विलासी जीवनशैलीको विरोध गर्दै जेनजी पुस्ता सोमबार सडकमा उत्रिएको हो । 

स्कुल, कलेज छाडेर जेनजीहरू माइतिघरमा जम्मा हुन थालेका छन् । कलेज ड्रेस लगाएर जेनजी विद्यार्थीहरू माइतिघर पुगेका छन् ।

माइतीघरदेखि नयाँ बानेश्वरको एभरेस्ट होटलसम्मको बिचमा जेनजी पुस्ताले प्रदर्शनको तयारी गरेको छ । काठमाडौंमा मात्र नभएर देशका धेरै ठाउँमा जेनजी प्रदर्शन हुँदैछ ।

जेनजीको सूचनामा भनिएको छ, ‘जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण कानुनी र अडिग भएर उभिएका छौँ। हाम्रो मिसन स्पष्ट छः भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने ताकि भ्रष्टाचारलाई निस्प्रभावि पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस्।’

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेनजी पुस्ता भन्ने गरिएको छ। आजको प्रदर्शनमा २८ वर्ष उमेरसम्मका युवाहरू सहभागी हुने बताइएको छ। प्रहरीले भने जेनजी युवा पुस्ताको प्रदर्शनमा घुसपैठ हुन सक्ने अनुमानसहित सुरक्षा सतर्कता बढाएको छ।