कीवर्डहरू -

याडिया ई८एस प्रो स्कुटर किन्दा ४५ हजार छुट, साथमा हेल्मेट, रेनकोट र पेन उपहार

याडिया ई८एस प्रो स्कुटर किन्दा ४५ हजार छुट, साथमा हेल्मेट, रेनकोट र पेन उपहार

इलेक्ट्रिक दुईपांग्रे सवारी साधनको ब्रान्ड याडियाले  याडिया ई८एस प्रो स्कुटरमा ऐतिहासिक छुटको घोषणा गरेको छ ।

यस अफर अन्तर्गत  याडिया ई८एस प्रो स्कुटर अब केवल १ लाख ८५ हजार रूपैयाँमा खरिद गर्न सकिनेछ, जुन अघिल्लो मूल्यभन्दा ४५ हजार रूपैयाँ सस्तो हो । यसअघि यसको मूल्य २ लाख ३० हजार रूपैयाँ रहेको थियो । 

नगद छुट बाहेक प्रत्येक खरिदमा याडिया ब्राण्डको हेल्मेट, रेनकोट र पेन उपहारस्वरूप प्रदान गरिनेछ। याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले यो अफर कम्पनीको अन्तर्राष्ट्रिय सफलतालाई नेपाली ग्राहकहरूसँग बाँड्ने एक प्रयास भएको बताएको छ । 

याडिया ई८एस प्रो स्कुटर आधुनिक प्रविधि, शक्ति र स्टाइलको संयोजन हो । यसमा ७२V ३८Ah ग्राफिन ब्याट्री, ३ हजार वाटसम्मको मोटर, १५० किमीको दायरा, र ६० किमी/घण्टाको गति रहेको छ। स्कुटरमा १२ इञ्चका अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटरको अन्डर-सीट स्टोरेज र स्मार्ट डिजिटल ड्यासबोर्ड जस्ता सुविधाहरू उपलब्ध छन्।

शून्य ध्वनि र धुवाँरहित याडिया ई८एस प्रो स्कुटरले प्रयोगकर्तालाई न्यूनतम खर्चमा स्मार्ट, सुरक्षित र वातावरणमैत्री यात्रा प्रदान गर्छ। यो छुट योजना सीमित अवधिका लागि मात्र उपलब्ध रहेकोले इच्छुक ग्राहकहरूलाई समयमै निर्णय लिन कम्पनीले आग्रह गरेको छ।