कीवर्डहरू -

टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी

टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी

सरकारले नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आवश्यक परामर्श थालेका छन् । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते मन्त्रीपरिषद्बाट निर्णय गर्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

टिकटकमाथि प्रतिबन्ध लागेको ९ महिनापछि खोल्ने पहल अगाडि बढाइएको छ । छिट्टै प्रतिबन्ध हट्ने आशा गरिएको छ । 

नेपालमा टिकटक बन्द हुँदा नेपाल टेलिकम र एनसेललाई समेत ठूलो नोक्सानी भएको छ । उनीहरूलाई ३ अर्बभन्दा बढीको नोक्सान भएको बताइएको छ ।