कीवर्डहरू -

इयरबड किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्

इयरबड किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्

मानिसहरूको आवश्यकता अनुसार, इयरबड एक आवश्यक ग्याजेट भइसकेको छ । विस्तारै एयरफोन र हेडफोनलाई इयरबडले विस्थापित गर्दैछ ।

विश्वभर इयरबडको बजार निकै तीव्र गतिमा बढिरहेको छ । इयरबडको बजार वर्षैपिच्छे करिब २०० प्रतिशतले बढिरहेको छ ।

इयरबडको औसत मूल्य १ हजारदेखि २ हजार रूपैयाँ पुगेको छ । यदि तपाई प्रिमियम बड चाहनुहुन्छ भने, तपाईले १०–२० हजारसम्म खर्च गर्नुपर्ने हुन सक्छ । 

आज हामी तपाईलाई इयरबड किन्दा के के कुरामा ध्यान दिने विषयमा जानकारी दिदैछौं । 

ध्वनि गुणस्तर

ताररहित इयरबड खरिद गर्दा, पहिले त्यसको ध्वनि गुणस्तर बारे जानकारी प्राप्त गर्नुपर्छ । इयरबडको ब्यास, मिड्स आदि जाँच गर्नुहोस् । केहि विश्वसनीय रिभ्यूपनि हेर्न सक्नुहुन्छ ।

ड्राइभर साइज जाँच गर्नुहोस्, किनकि कहिलेकाहीँ तपाईले ठूलो ड्राइभरसँग ब्यास पाउनुहुन्न र कहिले भने सानो ड्राइभरसँग पनि उत्कृष्ट ब्यास पाउनुहुन्छ । यसबाहेक, न्वाइज क्यान्सिलेसन र ट्रान्स्प्यारेन्सी मोड पनि जाँच गर्नुपर्छ ।

आराम र फिटिंग 

आकार निश्चित रुपमा जाँच गर्नुहोस् । यस बाहेक, तपाईले किन्न लागेका इयरबड कानमा अड्डिरहने खालका छन् कि छैनन् भनेर डिजाइन पनि जाँच गर्नुहोस् । यस बाहेक, यसको साथमा प्रदान गरिएको सिलिकॉन इयरटिपको संख्या र साइज पनि जाँच गर्नुहोस् । 

ब्याट्री लाइफ 

ताररहित इयरबड खरिद गर्दा, निश्चित रूपमा बड र चार्जिङ केस दुवैको ब्याट्री लाइफ जाँच गर्नुहोस् । चार्जिङ केसमा कम्तिमा ५०० एमएएचको ब्याट्री हुनुपर्छ ।

कनेक्टिभिटी 

कनेक्टिभिटी पनि महत्त्वपूर्ण कुरा हो । इयरबड र कोडेकहरू जस्तै एप्ट एक्स, एएसीको ब्लुटुथ संस्करण पनि जाँच गर्नुहोस् । यस बाहेक, मल्टिपल डिभाइस कनेक्सन पनि जाँच गर्नुहोस् ।

स्थायीत्व र निर्माण गुणस्तर 

इयरबड खरिद गर्दा, ती पसिना र पानी प्रतिरोधी छन् वा छैनन् भनेर पनि जाँच गर्नुहोस् । यसको आईपी रेटिंग पनि जाँच गर्नुहोस् । अलिकति पसिना आउँदैमा इयरबड बिग्रिने भन्ने नहोस् ।