कीवर्डहरू -

फिनटेक प्लेटफर्म जुनोमा ग्लोबल इक्विटी फन्डको लगानी

फिनटेक प्लेटफर्म जुनोमा ग्लोबल इक्विटी फन्डको लगानी

फिनटेक प्लेटफर्म जुनो (पूल टेक्नोलोजीज प्रालि) मा ग्लोबल इक्विटी फन्डले रणनीतिक लगानी गरेको छ। ग्लोबल इक्विटी फन्डले व्यवस्थापन गरेको विशिष्टीकृत लगानी फन्ड नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड–I (NIGEF-I) मार्फत उक्त लगानी गरिएको हो।

‘बैंकिङ बियोण्ड बोडर्स’ अवधारणामा आधारित जुनोले विश्वव्यापी भुक्तानीलाई सरल, पहुँचयोग्य र किफायती बनाउने लक्ष्य राखेको छ। अन्तरदेशीय वित्तीय कारोबारका अवरोध हटाउँदै सबैका लागि पहुँचयोग्य र प्रभावकारी भुक्तानी माध्यम बनाउने उद्देश्यसहित उद्यमी बाल कृष्ण जोशीले जुनोको स्थापना गरेका हुन्।

जोशीका अनुसार जुनोले नयाँ युगको क्रस–बोर्डर बैंकिङ प्लेटफर्म निर्माण गरिरहेको छ, जसले विश्वभरका प्रयोगकर्तालाई सजिलो, सुरक्षित र समावेशी वित्तीय पहुँच उपलब्ध गराउनेछ।

ग्लोबल इक्विटी फन्डका अनुसार यो लगानीले नेपाललाई विश्व फिनटेक इकोसिस्टममा अगाडि ल्याउने तथा उदाउँदो र विकसित राष्ट्रबीचको वित्तीय पहुँचमा समानता ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

फिनटेक कम्पनीमा ग्लोबल इक्विटी फण्डले गरेको यो दोस्रो लगानी हो । यसअघि कम्पनीले नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेमा पनि लगानी गरिसकेको छ ।