कीवर्डहरू -

ग्लोबल आइएमई बैंकको ल्यायो ग्लोबल स्काई क्लब कार्ड, के के छन् सुविधा ?

ग्लोबल आइएमई बैंकको ल्यायो ग्लोबल स्काई क्लब कार्ड, के के छन् सुविधा ?

ग्राहकका लागि सहज सेवा र आकर्षक स्किम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एयरलाइन्ससँग सहकार्यमा जुटेको छ । 

बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’ शुभारम्भ गरेको छ । काठमाडौँमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् । 

ग्लोबल आइएमई बैंक नेपाली बैंकिङ क्षेत्रमा नयाँ–नयाँ सेवा र स्किम ल्याउँदै ग्राहकलाई सर्प्राइज प्याकेज दिने बैंकका रूपमा परिचित छ ।

पछिल्लो ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’मार्फत पहिलो पटक यती एयरलाइन्सको टिकट खरिद गर्दा ‘निःशुल्क’ उपलब्ध हुने भएको छ । त्यति मात्र होइन, नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छूट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्ने छन् । 

यसले ग्लोबल आइएमई बैंकका ग्राहकलाई सर्प्राइज प्याकेज सहित नवीन सुविधाको अनुभव गराउने कम्पनीको विश्वास छ । ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एयरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिइने भएको छ ।

त्यसैगरी, कार्डवाहक ग्राहकले यती एयरलाइन्सको कुनै पनि टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस पोइन्ट पाउँछन् ।

यस्तो बोनस छूट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ । कार्डका माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिनेछ । 

ग्लोबल स्काई क्लब कार्डवाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एयरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ । यस्तो कार्डवाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमा भन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एअरलाइन्समा पाइने भएको छ । बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ ।