इटहरीमा प्रविधि, कोडिङ, डिजाइन र नवप्रवर्तनमा रुचि राख्ने विद्यार्थी तथा युवालाई लक्षित गर्दै गोदावरी ह्याक्स २०२६ आजदेखि सुरु हुने भएको छ।
सुष्मा गोदावरी कलेज, इटहरीमा आयोजना हुने यो दुईदिने ह्याकाथन माघ ४ र ५ गते (जनवरी १८–१९) सञ्चालन हुनेछ, जसमा विद्यार्थी, डेभलपर, डिजाइनर तथा सिर्जनशील युवाहरू एकै ठाउँमा भेला भएर वास्तविक जीवनका समस्यामा आधारित प्रविधिगत समाधान निर्माण गर्नेछन्।
ह्याकाथनमार्फत सहभागीहरूले अनुभवी मेन्टरबाट मार्गदर्शन पाउने, टिमवर्कको व्यावहारिक अनुभव लिने, नयाँ सीप सिक्ने तथा वास्तविक टेक चुनौतीमा काम गर्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रममा सहभागीलाई प्रमाणपत्र तथा आकर्षक पुरस्कार प्रदान गरिनेछ भने समान सोच भएका नवप्रवर्तनशील व्यक्तिसँग नेटवर्किङ गर्ने अवसरसमेत उपलब्ध हुनेछ।
नयाँ सिक्न चाहने सुरुआतीदेखि अनुभवी कोडरसम्म सबैका लागि खुला रहेको गोदावरी ह्याक्स २०२६ इटहरीकै एक महत्वपूर्ण प्रविधि कार्यक्रमका रूपमा हेरिएको छ।
आईसीटी समाचार