एआई र रोबोटिक्सको क्षेत्रमा काम गर्दै आएको कम्पनी गुडविस इन्जिनियरिङले शार्क ट्यांक नेपालबाट २ करोड लगानी पाएको छ ।
गुडविस इन्जिनियरिङमा शार्कहरू हेमराज ढकाल, आनन्द बगरिया, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योती र ऋतु सिंह वैद्यले २ करोड लगानीको प्रतिबद्धता गरेका हुन् ।
गुडविस इन्जिनियरिङले १० प्रतिशत इक्विटीका लागि १ करोड ७५ लाख रूपैयाँ लगानी माग गरेको थियो तर शार्कहरूले २५ प्रतिशत इक्विटीका लागि २ करोड रूपैयाँ दिने प्रस्तावमा डिल भएको हो ।
गुडविश इन्जिनियरिङले सफ्टवेयर विकास, हार्डवेयर एकीकरण र ग्राहकको आवश्यकताअनुसार अत्याधुनिक उत्पादन निर्माणमा काम गर्दै आऐको छ ।
कम्पनीले विसच्याट नामक शक्तिशाली च्याट समेत विकास गरेको छ । यस बाहेक वेबसाइट विकास, पार्किङ व्यवस्थापन प्रणाली, फेस अटेन्डेन्स एप्लिकेसन समेत विकास गरेको हो ।