कीवर्डहरू -

गुगलको ‘स्मार्ट स्टोरेज’ फीचरले थर्ड–पार्टी एप बिना फोनको इन्टरनल स्टोरेज छिटो खाली गर्ने

गुगलको ‘स्मार्ट स्टोरेज’ फीचरले थर्ड–पार्टी एप बिना फोनको इन्टरनल स्टोरेज छिटो खाली गर्ने

के तपाईं पनि आफ्नो डिभाइसमा “स्टोरेज फुल” नोटिफिकेशन हेरेर तनावमा परिरहनुभएको छ? अब दुखि हुन आवश्यक छैन। आज हामी तपाईंलाई तपाईंको फोनमै रहेको एउटा यस्तै सेटिङको बारेमा बताउँछौँ, जसले तपाईंको डिभाइसको स्टोरेज राम्रो  गरी खाली गरिदिनेछ।

यसका लागि कुनै थर्ड–पार्टी एपको आवश्यकता पनि पर्दैन। तपाईंको फोनमै रहेको यो अप्सनले ठूलो मद्दत पुर्‍याउन सक्छ। अधिकांश मानिसहरू यो सेटिङबाट अझै अनजान नै छन्।

वास्तवमा, भर्खरै गुगलले एन्ड्रोइड युजरहरूका लागि “स्मार्ट स्टोरेज” नामक नयाँ सेटिङ थपेको हो। जब तपाईं यो सेटिङ अन गर्नुहुन्छ, तब यसले तपाईंको फोनमा रहेका पुराना फोटो र भिडियोहरूसँग ब्याकअप गुगल फोटोजमा लिन्छ र त्यसपछि ती फाइलहरू डिभाइसबाट मेटाइदिन्छ, जसले फोनको इन्टरनल स्टोरेज निकै खाली बनाइदिन्छ।

स्मार्ट स्टोरेज फीचर कसरी अन गर्ने?

सबैभन्दा पहिले आफ्नो एन्ड्रोयड फोनको “सेटिङ्स” मा जानुहोस्। त्यहाँबाट “स्टोरेज” सेक्सन खोल्नुहोस्।

अलिकति तल स्क्रोल गर्दा तपाईंलाई “स्मार्ट स्टोरेज” वा “फ्री अप स्पेस” अप्सन देखिनेछ। त्यहाँबाट यो फीचर “इनएबल” गरेर अन गर्नुहोस्। यदि सिधै सेटिङ्समा नदेखियो भने गुगल फोटोज एप खोल्नुहोस्।

 प्रोफाइल आइकनमा क्लिक गरी “फ्री अप स्पेस” सेलेक्ट गर्नुहोस्।

धेरैले सोच्छन् कि यो फीचर अन गर्दा डेटा मेटिनेछ, तर यस्तो हुँदैन। तपाईंका सबै फाइलहरू गुगल फोटोजमा सुरक्षित रूपमा ब्याकअप हुन्छन्। त्यसैले तपाईंले जे फोटो–भिडियो मेटाउनु हुन्छ तिनीहरू तपाईंको गुगल अकाउन्टमा सुरक्षित रहन्छन् र आवश्यक परे जे बेला भए पनि डाउनलोड वा अनलाइन हेर्न सकिन्छ।