गुगल डीपमाइन्डले आफ्नो नयाँ एआई इमेज जेनेरेसन र एडिटिङ टुल नानो बनाना 2 प्रो सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो संस्करण पहिलोपटक सटीक र पढ्न योग्य मल्टीलिङ्गुअल टेक्स्ट उत्पादन गर्न सक्षम छ।
नयाँ प्रणालीले फोटो, इन्फोग्राफिक्स, पोस्टर्स, एड–भिजुअल्स, सोशल–मिडिया डिजाइन र स्टेप–वाइज भिजुअल्स तयार गर्न सक्ने क्षमता राख्छ।
नानो बनाना 2 प्रोको सबैभन्दा चर्चित फिचर भनेको रियल–टाइम डेटा फेच क्षमता हो। उदाहरणका लागि, प्रयोगकर्ताले “आज काठमाडौँको मौसमबारे एआई पोस्टर बनाऊ” भनेमा प्रणालीले अपडेट गरिएको मौसम डेटा इमेजमै समावेश गर्न सक्छ।
यो फिचर हाल जेमिनी एप, गुगल एड्स, वर्कस्पेस र एपीआई मा क्रमशः रोलआउट भइरहेको छ।
मुख्य सुधारहरू
-
2K–4K स्टुडियो–लेवल इमेज क्वालिटी
-
सफा, सही र मल्टीलिङ्गुअल टेक्स्ट सपोर्ट
-
प्रोफेशनल–ग्रेड एडिटिङ कन्ट्रोल
-
रियल–टाइम डेटा इन्टिग्रेशन
-
१४ इमेज रेफरेन्ससम्म वर्कफ्लो सपोर्ट
विश्लेषकहरूले नयाँ भर्सनलाई क्रिएटर्स, डिजाइनर्स र एड–एजेन्सीहरू का लागि अघिल्ला भर्सनभन्दा धेरै शक्तिशाली मानिएको बताएका छन्।
नयाँ प्रविधिसँगै डीपफेक र फेक न्यूज बढ्ने सम्भावनाबारे सुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन्।
विशेषज्ञहरूले बताएअनुसार नानो बनाना 2 प्रोले बनाउने इमेज अत्यधिक रियलिस्टिक हुने भएकाले असली–नकली छुट्याउन चुनौती बन्न सक्छ।
प्रयोगकर्ताले अपलोड गरेका प्रम्प्ट र इमेज ट्रेनिङमा प्रयोग हुने सम्भावनाबारे पनि प्रश्न उठेको छ। गुगलले यसका लागि सिन्थ–आईडी वाटरमार्क उपलब्ध गराए पनि, विशेषज्ञहरूले वाटरमार्क मात्र भरोसायोग्य सुरक्षा नबन्ने टिप्पणी गरेका छन्।
आईसीटी समाचार