गूगलले जंगलमा फैलिने आगो नियन्त्रण गर्न एआई–पावर्ड स्याटेलाइट फायरस्याट प्रक्षेपण गरेको छ । यो स्याटेलाइटले आगो फैलिन नदिन समयमै चेतावनी दिनेछ ।
केही दिन अघि मात्र एलन मस्कको कम्पनी स्पेसएक्स को लञ्च भेहिकलमार्फत् यसलाई अन्तरिक्षमा स्थापित गरिएको थियो ।
गूगलका सीईओ सुन्दर पिचाइले यस महत्वपूर्ण पहलमा सहयोग गरेकोमा एलन मस्कको स्पेसएक्सलाई धन्यवाद दिएका छन् ।
फायरस्याट एआई स्याटेलाइटको उद्देश्य अन्तरिक्षबाटै सम्भावित वनडढेलो (जंगलमा आगो) छिटो पत्ता लगाएर समयमै चेतावनी जारी गर्नु हो । गूगलले अर्थ फायर अलाउन्स, गोर्डन एण्ड बेटी मुर फाउण्डेसन र मुअन स्पेसको सहकार्यमा फायरस्याट स्याटेलाइटको यो कन्स्टेलेसन निर्माण गरेको हो ।
फायरस्याटको उद्देश्य जंगलमा लागेको आगो पत्ता लगाएर २० मिनेटभित्र सम्बन्धित एजेन्सीहरूलाई अलर्ट पठाउनु हो । यस प्रोजेक्टलाई गूगल डट ओआरजीले समर्थन गरेको छ । फायरस्याट स्याटेलाइट कन्स्टेलेसनको प्रक्षेपणका लागि कम्पनीले १३ मिलियन डलरको फन्डिङ प्रदान गरेको छ ।
गूगलले यो स्याटेलाइटमा नयाँ डिटेक्शन टेक्नोलोजीमा आफ्नो एडभान्स एआई प्रणालीको उपयोग गरेको छ । यसमा विगतका घटनाहरूको लोकेसन इमेजरीको विश्लेषण गरिन्छ । साथै, मौसमको अवस्थाको पनि सहायता लिइन्छ ताकि कुनै क्षेत्रमा आगो लाग्ने सम्भावित ढाँचाको पहिचान गर्न सकियोस् ।
पहिले गूगल ले यसको लागि उच्च–उचाइमा उड्ने ड्रोनको प्रयोग गर्ने विचार गरिरहेको थियो । तर, पछि स्पेसएक्स ले यस प्रोजेक्टलाई समर्थन दिएपछि स्याटेलाइट पठाउनु किफायती भएको थियो । त्यसैले, कम्पनीले वनडढेलो पत्ता लगाउन स्याटेलाइट प्रयोग गर्ने निर्णय गरेको थियो ।
यो स्याटेलाइट जंगलमा आगो फैलिन रोक्न मद्दतगार हुन सक्छ । साथै, भविष्यमा ठूलो वनडढेलोका कारण हुने क्षति कम गर्न पनि यसको महत्वपूर्ण भूमिका रहनेछ । केही महिना अघि मात्र अमेरिकाको क्यालिफोर्नियामा लागेको आगोले ठूलो क्षति पुर्याएको थियो ।