कीवर्डहरू -

गुगलले 'बीम' सार्वजनिक गर्दै भिडियो कन्फरेन्सिङलाई बनायो थ्रीडी र वास्तविक

गुगलले 'बीम' सार्वजनिक गर्दै भिडियो कन्फरेन्सिङलाई बनायो थ्रीडी र वास्तविक

गुगल आईओ २०२५ मा कम्पनीले बीमलाई औपचारिक रूपमा लञ्च गर्‍यो, जुन एउटा नयाँ थ्रीडी भिडियो कन्फरेन्सिङ् प्रणाली हो । यसले भर्चुअल कुराकानीलाई वास्तविक जीवनको मिटिङ् जस्तै बनाउँछ । यसलाई पहिले प्रोजेक्ट स्टारलाइन को नामले चिनिन्थ्यो ।

बीम अहिले रिसर्च चरणबाट बाहिर निस्केर कार्यस्थलमा आइरहेको छ । यसले एआई, थ्रीडी इमेजिङ् र विशेष डिस्प्लेहरूको प्रयोग गर्छ, जसले मानिसहरूलाई पूर्ण आकार र गहिराइमा देखाउँछ । यसले भिडियो कलमा कोही व्यक्ति तपाईंको अगाडिनै रहेको जस्तै महसुस हुन्छ । यसका लागि हेडसेट वा चस्माको आवश्यकता पर्दैन र यसको उद्देश्य प्राकृतिक रुपमा आँखाको सम्पर्क, संकेतहरू र फेस टू फेस कुराकानी जस्तै फिचरलाई ल्याउनु हो ।

बीमले नियमित भिडियो सामग्रीलाई एआई मार्फत थ्रीडी इमेजमा परिवर्तन गर्छ, जुन फरक–फरक कोणबाट हेर्न सकिन्छ । यसले मानिसहरूलाई प्राकृतिक तरिकाले कनेक्ट गराउन सहयोग पुर्‍याउँछ, स–साना हाउभाउहरू, स्वरको लय र शरीरको हाउभाउ समात्छ — जुन सामान्य भिडियो कलहरूमा प्रायः छुट्छ । यो प्लेटफर्म गुगल क्लाउडमा चल्छ र व्यवसायका वर्तमान उपकरणहरूसँग मिलेर काम गर्छ, ताकि सुरु गर्नका लागि सबै कुरा परिवर्तन गर्न नपरोस् ।

गुगल एचपी संग मिलेर बीमलाई कार्यालयहरूमा ल्याउँदैछ, जसले यस वर्षको अन्त्यमा पहिलो बीम उपकरणहरू लञ्च गर्नेछ । यी उपकरणहरू आउँदो इन्फोकम इभेन्टमा देखाइनेछन् । गुगलले बीमलाई गुगल मीट र जूम जस्ता सामान्य भिडियो प्लेटफर्महरूसँग काम गर्ने योजना बनाइरहेको छ, ताकि टोलीहरूले सफ्टवेयर परिवर्तन नगरी बीम कलहरूमा सदस्यता लिन सकून् ।

त्यसका साथै, गुगल जूम, डाइभर्सिफाइड र एभिआई(एसपीएल जस्ता कम्पनीहरूसँग मिलेर बीमलाई अन्य संस्थाहरूमा पुर्‍याइरहेको छ । डेलोइट, सेल्सफोर्स, सिटाडेल, एनईसी, ह्याकेन्स्याक मेरिडियन हेल्थ र डुओलिंगो जस्ता प्रसिद्ध कम्पनीहरूले यस प्रविधिलाई पहिलेदेखि परीक्षण गरिरहेका छन् । डेलोइट कन्सल्टिङ् का म्यानेजिङ् डाइरेक्टर एन्जेल आयालाले भने कि बीम “केवल प्राविधिक सफलता मात्रै होइन, कनेक्ट हुने नयाँ तरिका हो ।”

गुगल आफ्ना भिडियो सेवाहरूमा प्रत्यक्ष भाषण अनुवाद पनि थप्दैछ । गुगल मीटबाट सुुरु गरि, यो विशेषता भविष्यमा बीममा आउनेछ । यस विशेषता ले विभिन्न भाषाहरूमा कुराकानी गर्न दिन्छ, जसमा यथार्थ–समय अनुवादहरूले मूल स्वर र लय कायम राख्छन् । यसले अन्तर्राष्ट्रिय मिटिङ् हरूलाई अझ व्यक्तिगत र स्पष्ट बनाउँछ ।

बीममार्फत, गुगल भिडियो कलहरूलाई अझ वास्तविक बनाउन चाहन्छ, न केवल मानिसहरूको रूप–रंगमा, तर उनीहरूको कनेक्सन र सञ्चारमा पनि ।