कीवर्डहरू -

इन्टरनेट नहुँदा कसरी प्रयोग गर्ने गुगल म्याप ?

इन्टरनेट नहुँदा कसरी प्रयोग गर्ने गुगल म्याप ?

गुगल म्याप्स संसारभर प्रयोग गरिन्छ । इन्टरनेट हुँदा र नहुँदा दुवै अवस्थामा गूगल म्याप प्रयोग गर्न सकिन्छ ।

गुगल म्याप्सले कार, साइकल, सार्वजनिक यातायात वा हवाई यात्राको लागि स्याटेलाइट इमेजरी, हवाई फोटोग्राफी, सडक नक्सा, वास्तविक समयको ट्राफिक अवस्था र थप कुराहरूको जानकारी प्रदान गर्दै आएको छ ।

गुगल म्याप्स डाउनलोड गरेर तपाईंले आफ्नो डिभाइसमा सडक दृश्य, थ्रीडी म्यापिङ, पालैपालो दिशा निर्देशनहरू, इनडोर नक्सा हेर्न सक्नुहुनेछ । इन्टरनेट नभएको अवस्थामा गुगल म्याप प्रयोग गर्न चाहनुहुन्छ भने आज हामी तपाईलाई जानकारी दिदैछौं ।

गुगल म्याप्स इन्टरनेट बिना कसरी काम गर्छ ?

यदि तपाईं इन्टरनेटमा कनेक्ट हुन् सक्नुहुन्न वा ढिलो चल्ने मोबाइल डेटा छ भने आफ्नो फोन वा ट्याब्लेटमा गुगल म्याप्सबाट लोकेसन सेभ गर्न सक्नुहुन्छ र अफलाइन हुँदा प्रयोग गर्न सक्नुहुन्छ ।

गुगल म्याप्सबाट आफ्नो डिभाइसमा कुनै लोकेसन डाउनलोड गर्न र यसलाई अफलाइन प्रयोग गर्न सजिलो छ । तपाईंले गुगल म्याप्स डाउनलोड गर्न र एन्ड्रोइडमा अफलाइन नेभिगेट गर्न यी चरणहरू पालना गर्न सक्नुहुन्छ ।

सर्वप्रथम आफ्नो एन्ड्रोइड फोन वा ट्याब्लेटमा गुगल म्याप्स एप खोल्नुहोस् । यसपछि इन्टरनेट कनेक्ट गर्नुहोस् र गुगल म्याप्समा साइन इन गर्नुहोस् ।

अब तपाईले डाउनलोड गर्न चाहनु भएको स्थान खोज्नुहोस् । त्यसपछि तल जानुहोस्, स्थानको नाम वा ठेगानामा ट्याप गर्नुहोस् । अब डाउनलोड गर्नुहोस् ।

यदि तपाईंले रेस्टुरेन्ट जस्तो ठाउँ खोज्नुभयो भने थप अप्सनका लागि तीनवटा थोप्लामा ट्याप गर्नुहोस् । त्यसपश्चात अफलाइन नक्सा डाउनलोड गर्न सकिन्छ ।