गुगलले आफ्नो डिभाइस फाइन्डिङ सेवा सुधार गर्नुका साथै यसको नाम पनि परिवर्तन गरेको छ । पहिले यो फिचरको नाम फाइन्ड माई डिभाइस थियो, जसलाई बदलेर अब फाइन्ड हब राखिएको छ । अब यो सेवाको दायरा फराकिलो बनाइएको छ, जुन पहिले हराएको फोन वा ट्याब्लेटको लोकेशन देखाउने काम मात्र गथ्र्यो ।
नयाँ नामले कम्पनीले कन्फ्युजन हटाउन प्रयास गरेको भए पनि, एन्ड्रोइड प्रयोगकर्ताहरू अझै थर्ड पार्टी ट्र्याकरमा समस्याहरूको सामना गरिरहेका छन् ।
यसको सिधा प्रतिस्पर्धा एपल को एयरट्याग्ससँग हुने छ । गुगलले पहिले फाइन्ड माई डिभाइस सेवा हराएका एन्ड्रोइड फोन, ट्याब वा वाचको लोकेशन ट्र्याक गर्नका लागि डिजाइन गरेको थियो ।
अब समयसँगै गुगल ले यसलाई अपडेट गर्दै लोकेशन सेयरिङ र एक्सटर्नल ट्र्याकर जस्ता फिचरहरू थपेको छ ।
यस सेवाको पुरानो नामले नयाँ सेवाको फुल रेञ्जको बारेमा केही पनि जनाउँदैनथ्यो । त्यसैले यसको नाम परिवर्तन गरेर कम्पनीले फाइन्ड हब राखेको हो । यसले देखाउँछ कि यो अब धेरै डिभाइसहरू ट्र्याक गर्न सक्षम छ ।
एयरट्यागको तुलनामा एन्ड्रोइड प्रयोगकर्ताहरू अझै ट्र्याकरको मामिलामा संघर्ष गरिरहेका छन् ।
गुगलले ट्र्याकिङ नेटवर्क बलियो बनाएको भए पनि प्रयोगकर्ताहरू अझै धेरै खालका कमजोरीहरूको रिपोर्ट गरिरहेका छन् ।
तीमध्ये सबैभन्दा ठूलो समस्या भनेको यसले प्रयोगकर्तालाई रियल टाइम डेटा देखाउन नसक्नु हो ।
फाइन्ड हबमा गुगल ले धेरै नयाँ फिचरहरू समावेश गरेको छ ।
यसमा अल्ट्रा वाइडब्यान्ड (यूडब्ल्युबी) टेक्नोलोजी छ, जसले प्रयोगकर्तालाई एकदमै सटीक ट्र्याकिङ सुविधा दिन्छ ।
यसको साथमा एन्ड्रोइड प्रयोगकर्ताहरू अब मोटोरोला को मोटो लाई यूडब्ल्युबी को मद्दतले ट्र्याक गर्न सक्नेछन् । साथै, गुगलले २०२५ को अन्त्यसम्म स्याटेलाइट कनेक्टिविटी पनि उपलब्ध गराउने योजना बनाएको छ ।
फाइन्ड हब सम्बन्धमा खबर आएको छ कि कम्पनीले डिभाइस ट्र्याकिङ र लोकेशन सेयरिङ लाई अलग गर्ने तयारीमा छ ।
यसले गर्दा कम्पनीले दुवै सेवालाई राम्रोसँग व्यवस्थापन गर्न सक्नेछ र प्रयोगकर्तालाई रियल टाइम मा सटीक जानकारी प्रदान गर्न सक्नेछ ।