कीवर्डहरू -

गुगलद्वारा जेमिनाई २.५ मा 'डिप थिङ्क' सहित शक्तिशाली एआई फिचरहरू सार्वजनिक

गुगलद्वारा जेमिनाई २.५ मा 'डिप थिङ्क' सहित शक्तिशाली एआई फिचरहरू सार्वजनिक

गुगलले मंगलवार राति आयोजना गरेको गूगल आइओ २०२५ इभेन्टमा आफ्नो कृत्रिम बुद्धिमत्ता मोडल जेमिनाई २.५ का लागि थुप्रै शक्तिशाली फिचरहरूको घोषणा गरेको छ । टेक्नोलोजी क्षेत्रको दिग्गज कम्पनीले आफ्नो संवाद सहायक च्याटबोटका लागि डिप थिङ्क नामक एउटा नयाँ उन्नत तर्क क्षमतायुक्त फिचर सार्वजनिक गरेको छ, जुन छिट्टै जेमिनाई २.५ प्रो मोडलमा उपलब्ध हुने छ ।

यो फिचरलाई तपाईं च्याटजीपीटी को थिङ्क फर लङ्गर फिचरको जस्तै रूपमा बुझ्न सक्नुहुन्छ । त्यति मात्र होइन, गुगलले जेमिनाई मोडलमा नेटिभ अडियो आउटपुट फिचर पनि थपेको छ । यो नयाँ प्रविधिले एआईलाई अझ स्वाभाविक र मानिससरह बोल्न सक्ने क्षमता दिन्छ । यो फिचर लाइभ एपीआई मार्फत उपलब्ध हुनेछ ।

विशेष कुरा के छ भने, प्रयोगकर्ताले अब बोल्ने शैली, उच्चारण र स्वरको लयलाई आफ्नो अनुकूल नियन्त्रण गर्न सक्नेछन् । यससँगै गुगलले डेभलपर्सका लागि पनि नयाँ क्षमताहरू ल्याएको छ ।

यसमा कम्पनीले थट समरी पनि जोडेको छ — जसलाई सरल भाषामा भन्नुपर्दा, अब एआई मोडलले आफ्नो प्रत्येक उत्तरसँगै सोच्ने प्रक्रियाको विस्तृत सारांश पनि देखाउनेछ । त्यति मात्र होइन, गुगलले हालै जेमिनाई २.५ प्रो को अपडेटेड संस्करण पनि सार्वजनिक गरेको छ, जसमा अझ राम्रो कोडिङ क्षमताहरू दिइएको छ ।

यो मोडल वेबडेभ एरेना रुएलएम एरेना जस्ता बेंचमार्क लिडरबोर्डहरूमा शीर्ष स्थानमा रहँदै आएको छ ।
अब कुरा गरौँ डिप थिङ्क मोडको —

यो फिचरले जेमिनी २.५ प्रो लाई कुनै पनि प्रश्नको उत्तर दिनुअघि धेरै पक्षहरू सोच्न र विश्लेषण गर्न सक्ने शक्ति दिन्छ । गुगलका अनुसार, यसले पुराना मोडलहरूको तुलनामा नयाँ र अनुसन्धान आधारित प्रविधि प्रयोग गरिरहेको छ ।

परीक्षणको क्रममा जेमिनी २.५ प्रो ले २०२५ यूएएएमओ जस्तो गाह्रो गणित सम्बन्धी बेंचमार्कमा ४९.४५ स्कोर गरेको देखिएको छ । त्यसैगरी, यसले लाइभकोडबेञ्च भी ६ र एमएमएमयूुमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ ।
हालका लागि ुडिप थिङ्कु परीक्षण चरणमा नै छ ।